PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

सुटिङको गाडी दुर्घटना भएपछि ‘प्रेमगीत २’ को छायांकन रोकियो



पहिलोपोस्ट

काठमाडौं : सुटिङको लागि हिडेको गाडी दुर्घटना हुँदा 'प्रेमगीत २' को छायांकन रोकिएको छ। निर्माण कम्पनी आशुसेन फिल्मसले सुटिङ एक साताका लागि स्थगित भएको बताएको हो।

बुधबार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको गाडी पृथ्वीराज मार्गको गल्छी नजिक विपरीत दिशाबाट आएको मालवाहक ट्रकसँग ठोक्किएको हो। गाडीमा निर्माता सन्तोष सेन, निर्देशक रामशरण पाठक, अभिनेताद्वय प्रदीप खड्का र कैलाश कटवाल रहेका थिए।

दुर्घटनामा निर्माता सेन र निर्देशक पाठक सामान्य घाइते छन्। दुई अभिनेता भने सकुशल छन्। घाइतेलाई काठमाडौंको बीएन्डबी अस्पताल ल्याइएको छ। निर्देशक पाठकको निधारमा दुइटा टाँका लगाइएको छ। निर्माता सेनको दाहिने हातको कुहिनो फुटेको कारण प्लास्टर गरिएको छ।

दुर्घटनापछि सुटिङ युनिट काठमाडौं फर्किएको हो। गत सातादेखि छायांकन थालेको प्रेमगीत २ बन्जी सुटका लागि पोखरा हिँडेको थियो।

नेपालसहित थाइल्यान्ड र बर्मामा फिल्मको लागि दृश्यहरू कैद गरिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell