
बार्सिलोना र सेभिया कोपा डेल रे को दोस्रो लेगमा फराकिलो जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरेका छन्।
पहिलो लेगमा हर्कुलससँग १-१ को बराबरीमा रोकिएको बार्सिलोनाले दोस्रो लेगमा ७-० को जित निकाल्दै समग्रमा ८-१ ले विजयी भएको हो। घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई शानदार जित दिलाउन अर्दा तुरानले ह्याट्रिक गरे। लुकास डिग्ने, इभान राकिटिक, रफिन्हा र पाउलो अल्कासेरले १/१ गोल गरे।
यस्तै सेभियाले दुई खेलाडीले एकै खेलमा ह्याट्रिक गरेका छन्। लुइस डारियानो भिएट्टो र विसम वेन येडेरले एसडी फोर्मेन्टेरा विरद्धको दोस्रो लेगको खेलमा ह्याट्रिक गरेका हुन्। यस्तै पाब्लो सारावियाले दुई तथा पाउलो गान्सोले एक गोल गरे। फोर्मेन्टेराका लागि गाब्रि गोमेजले सान्त्वना गोल फर्काए। दोस्रो लेगमा ९-१ को जित हात पारेको सेभिया समग्रमा १४-२ ले विजयी भयो। पहिलो लगे सेभियाले ५-१ ले जितेको थियो।
यसबाहेक ला लिगामा खेल्ने रियल सोसिडाड, भियारियल, भ्यालेन्सिया, लस पलमस, आइबर, डेपोर्टिभा ला कुराना र ओसासुना पनि अन्तिम १६ मा प्रवेश गरेका छन्। मालागा भने ला लिगाको दोस्रो श्रेणीको क्लब कोर्डोवासँग पराजित भएको छ।
यसअघि दुई मड्रिड क्लब रियल र एथ्लेटिको अन्तिम १६ मा प्रवेश गरिसकेका छन्। अब अन्तिम १६ मा पुग्ने चार क्लबको छिनोफानो हुन बाँकी छ। तयसका लागि आज दोस्रो लेगका चार खेलहरु हुँदैछन्।