PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

बुण्डेसलिगा : लेइपजिगदाई हराउँदै वायर्नले बनायो ३ अंकको अग्रता, होफेनहेइमको दशौं बराबरी



पहिलोपोस्ट

बुण्डेसलिगा : लेइपजिगदाई हराउँदै वायर्नले बनायो ३ अंकको अग्रता, होफेनहेइमको दशौं बराबरी

दश खेलाडीमा रहेको आरबी लेइपजिगलाई पराजित गर्दै वायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा ३ अंकको स्पष्ट अग्रता बनाएको छ। 

वायर्न यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लेइपजिगदाई  ३-० ले पराजित गरेको हो। घरेलु मैदानमा वायर्नलाई जित दिलाउन थियागो अलकान्टारो, जावी अलोन्सो र रोवर्ट लेवान्डास्कीले गोल गरे।

३० औं मिनटमा कप्तान एमिल फोसवर्गले सिधै रातो कार्ड बेहोरेपछि लेइपजिगले करिब एक घण्टा दश खेलाडीमा झरेर खेलेको थियो। 
जितपछि वायर्न १६ खेलबाट ३९ अंक जोडेको छ भने लेइपजिगको समान खेलबाट ३६ अंक छ। नयाँ वर्ष अघि वायर्नले ३ अंकको स्पस्ट अग्रता बनाएको हो।

यस्तै हेर्थ बर्लिन डाम्सटडलाई २-० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ। बर्लिनको जितमा मार्भिन प्लाटनहाड र सलमन कलाउले गोल गरे। जितपछि बर्लिनको ३० अंक भएको छ। 

यता बुण्डेसलिगमा यस सिजन अपराजित रहेको एक मात्र टोली होफेनहेइमले दशौं बराबरी खेलेको छ। होफेनहेइमले वेडर ब्रेमनसँग १-१ को बराबरीमा रोकिएको हो।

सान्ड्रो वेगनरले गोल गर्दै होफेनहेइमलाई अग्रता दिलाएपनि खेल सकिन ३ मिनेट अगाडी सर्ज गनाब्रीले ब्रेमनका लागि बराबरी गोल फर्काए। बराबरीपछि २८ अंक जोडेको होफेनहेइम पाँचौं स्थानमा उक्लेको छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell