PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

लोकमानमाथिका ६ मुद्दाबारे आजदेखि सुनुवाइ



पहिलोपोस्ट

लोकमानमाथिका ६ मुद्दाबारे आजदेखि सुनुवाइ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको मुद्दाको सुनुवाइ आजदेखि हुँदै छ।

गत मंसिर १६ गते न्यायाधीशत्रय जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको पूर्ण इजलासले मुद्दाको लगातार सनुवाइ गर्ने आदेश गरेको थियो। तर पौडेल बिदामा बसेपछि मुद्दाको लिड ईश्वर खतिवडाले गर्नेछन्।
 
छ नम्बर बेन्चमा खतिवडा, भट्टराई सहित अनिलकुमार सिन्हाले मुद्दाको सुनुवाइ गर्नेछन्। कार्की विरुद्धका छ वटा मुद्दा पूर्ण इजलासमा छन्।
 
कार्कीको मुद्दाको पेशी उनका तर्फबाट नियुक्त वकिल वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने बिरामी परेका कारण स्थगित भएको थियो। गत ३१ भदौमा सर्वोच्च अदालतले कार्कीको नियुक्तिको मुद्दा पुनरावलोकनका लागि निस्सा प्रदान गरेको थियो। संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा रहेका छन्। कार्की नियुक्तिको मुद्दासँगै निलम्बनपछि उनको सेवा सुविधा खोस्न दायर मुद्दा समेत एकसाथ सनुवाइ हुनेछ। त्यस्तै कार्कीको मुद्दा पुनरावलोकनको बेला म्याद तामेलीमा अवरोधको विषय समेत सोही इजलासबाट टुङ्गोमा पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell