PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सूचना टाँस गरी संसद बैठक स्थगित



पहिलोपोस्ट

सूचना टाँस गरी संसद बैठक स्थगित

काठमाडौं : संसद बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको छ।

आज सूचना टाँस गरी १० गते दिउँसो १ बजेसम्मका बैठक स्थगित भएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।

मंसिर १४ मा सरकारको तर्फबाट संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ। सत्तारुढ तथा विपक्षी दलका शीर्ष नेताहरुलाई बोलाएर सभामुख घर्तीले पटकपटक सहमतिको प्रयास गर्दै आएकी छिन्। तर दलहरुको अडानका कारण सहमति जुट्न सकेको छैन। संशोधन प्रस्तावसँगै चुनावलाई जोडेर ल्याइए संघर्षलाई झन् कडा बनाउने एमालेले चेतावनी दिँदै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell