PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

'आइसीसी टेष्ट टीम अफ दि इअर'मा इंगल्याण्डबाट सर्बाधिक ४ खेलाडी, कोहली परेनन्



पहिलोपोस्ट

'आइसीसी टेष्ट टीम अफ दि इअर'मा इंगल्याण्डबाट सर्बाधिक ४ खेलाडी, कोहली परेनन्

'आइसीसी टेष्ट टीम अफ दि इअर २०१६' मा इंगल्याण्डबाट सर्बाधिक ४ खेलाडी पर्दा भारतबाट एक खेलाडी मात्र परेका छन्। भारतलाई टेष्ट क्रिकेटमा यस वर्ष सफलता दिलाएका कप्तान विराट कोहली भने यो टीममा पर्न असफल भएका छन्। बलर रविचन्द्रन आश्विन मात्र टीममा परेका छन्। 

इंगलिस कप्तान एलेस्टर कुकको कप्तानीमा घोषणा गरिएको टीम अफ दि इअरमा अष्ट्रेलियाबाट ३ खेलाडी परेका छन् भने न्युजिल्याण्ड, श्रीलंका र
दक्षिण अफ्रिकाबाट १/१ खेलाडी परेका छन्। 

यस्तै अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ १२ औं खेलाडीको रुपमा छानिएका छन्। 

यी हुन आइसी टेष्ट टीम अफ दि इअर २०१६
डेविड वार्नर, अष्ट्रेलिया
एलेस्टर कुक, इंगल्याण्ड
काने विलियनसन, न्युजिल्याण्ड
जोए रुट, इंगल्याण्ड
एडम भोग्स, अष्ट्रेलिया
जोनी बेर्सटोव, इंगल्याण्ड
बेन स्ट्रोक्स, इंगल्याण्ड
रवि चन्द्रन आश्विन, भारत
रंगना हेराथ, श्रीलंका
मिचेल स्टार्क, अष्ट्रेलिया
डेन स्टेन, दक्षिण अफ्रिका

स्टिभ स्मिथ, अष्ट्रेलिया

कोहलीको कप्तानीमा वान डे टीम अफ दि इअर
यता आइसी वान डे टीम अफ दि इअरमा भने भारत, अष्ट्रेलिया र दक्षिण अफ्रिकाबाट सर्बाधिक ३/३ खेलाडी परेका छन्। टेष्टमा नपरेपनि वान डे मा भने विराट कोहलीको कप्तानीमा रहेको टीम अफ दि इअरमा भारतबाट रोहित शर्मा र रविन्द्र जडेजा परेका छन्।

यस्तै अष्ट्रेलियाबाट टेष्ट टीममा समेत परेका डेविड वार्नर र मिचेल स्टार्कसँगै मिचेल मार्स पनि वान डे टीममा परेका छन् भने दक्षिण अफ्रिकाबाट ए बी डे भिलियर्स, क्वेन्टन डे कक र खागिसो रबाडा रहेका छन्। 

यस बाहेक वान डे टिममा इंगल्याण्डबाट जोस बटलर, वेष्ट इन्डिजबाट सुनिल नारिन परेका छन्। दक्षिण अफ्रिकाका इमरान ताहिर १२ औं खेलाडीका रुपमा छानिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell