PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

मन्त्रिपरिषद् बैठकमा पूर्वराजा ज्ञानेन्द्रबारे छलफल, 'विज्ञप्ति अर्थपूर्ण'



पहिलोपोस्ट

मन्त्रिपरिषद् बैठकमा पूर्वराजा ज्ञानेन्द्रबारे छलफल, 'विज्ञप्ति अर्थपूर्ण'

काठमाडौं : संविधान संशोधन विधेयकपछि राजनीतिक जटिलता बढिरहेको अवस्थामा आजको मन्त्रिपरिषद् बैठकमा पूर्वराजा ज्ञानेन्द्रबारे छलफल भएको छ।
 
पूर्वराजाले 'क्रान्तिकारी, परिर्वतनकारी, वलिदानी आदी शब्दको भावको दुरुपयोग गर्दै 'राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अशोभनीय मात्र नभई असैह्य बनिरहेको' चिन्ता व्यक्त गर्दै बुधबार एक विज्ञप्ति जारी गरेका थिए।
 
अकस्मात् ज्ञानेन्द्रबाट विज्ञप्ति आउनु अहिलेको राजनीतिक संकटका बेला अर्थपूर्ण रहेको भनाइ बैठकमा सहभागीहरुले राखेको एक मन्त्रीले जानकारी दिए।

समसामयिक राजनीतिक विषयमा कुरा गर्दागर्दै ज्ञानेन्द्रको विज्ञप्तिको प्रसंग निस्किएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए। बैठकमा प्रतिपक्षले सदन बन्धक बनाएर बाहिर गतिविधि सञ्चालन गरिरहेको बारे पनि अब बहस थाल्नुपपर्ने प्रधानमन्त्रीले बताएको उनले जानकारी दिए।

'समग्रमा संविधान कार्यान्वयनका पक्षमा उभिनुपर्ने राजनीतिक शक्तिहरुको विभाजन र संवैधानिक रुपमा सदनको प्रयोगबाट विचलित भएर सडकमा सुरु भएका अनावश्यक प्रस्तुति प्रतिक्रियावादी शक्तिका लागि प्रोत्साहन भएको छ,'  मन्त्री जोशीले भने, 'मन्त्रीहरुले पनि क्षेत्रीय रुपमा संविधान संशोधनको राजनीतिक आवश्यकताका विषयमा जानकारी गराउनुपर्‍यो। दलीय धारणा समान बनाउनुपर्‍यो भन्ने प्रधानमन्त्रीको भनाइ थियो।'
 
बैठकले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यीय समिति गठन लगायतका विभिन्न निर्णय गरेको छ। यो पनि पढ्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell