
भारतीय बलर रविचन्द्र्रन आश्विन आइसीसी प्लेअर अफ दि इअर घोषित भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले घोषणा गरेको अवार्डमा आश्विनले आइसीसी प्लेअर अफ दि इअरसँगै आइसीसी टेष्ट प्लेअर अफ दि इअरको अवार्ड पनि हात पारेका छन्।
यस्तै आइसीसी वान डे प्लेअर अफ दि इअर दक्षिण अफ्रिकाका क्वेन्टन डे कक घोषित भएका छन्। डे कक आइसी वान डे टीम अफ दि इअरमा समेत परेका छन्।
यसबाहेक आइसी एसोसिएट एण्ड अफिलिएटेड प्लेअर अफ दि इअरको अवार्ड अफगानिस्तानका मोहमद शेहजादले जितेका छन् भने आइसी टी २० परफरमेन्स अफ दि इअरको अवार्ड जितेका छन्। बंगलादेशका मुस्टाफिजुर रहेमान आइसीसी इमर्जिङ प्लेअर अफ दि इअर बनेका छन्।
यस्तै आइसीसी स्प्रिरिट अफ क्रिकेट अवार्ड पाकिस्तानी टेष्ट टीमका कप्तन मिस्वा उल हकलाई प्रदान गरिएको छ। आइसीसी अम्पाएर अफ दि इअर अवार्ड मराइस एरासमसले पाएका छन्।
महिलातर्फ भने आइसीसी वान डे र टी २० क्रिकेटर अफ इअर दुवै अवार्ड न्युजिलयाण्डका सुजी बाट्सले जितेका छन्।