PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

​हजार र पाँच सयको भारु बोक्दा दिल्ली जान सकेनन् गेलेक



पहिलोपोस्ट

काठमाडौं :भारतमा प्रतिबन्धित एक हजार र पाँच सयको भारु बोकेर दिल्ली जान त्रिभुवन विमानस्थल पुगेका थुप्तेन गेलेक पक्राउ परेका छन्।

१ हजार दरका २ सय १० वटा र ५ सय दरका ३ सय ७ वटा भारतीय रुपैयाँ बोकेर इण्डिगो एयरको उडान नम्बर ६ ई ०३२ को उडानबाट दिल्ली जान विमानस्थल पुगेका ४४ वर्षीय भारतीय नागरिक गेलेकलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो।

गेलेकले सुटकेसमा लुकाइछिपाइ लैजान लागेको रकम चेकजाँच गर्ने क्रममा फेला परेको प्रहरीले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell