PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

एक वर्षभित्र सडकमै गयो ५८ हजारको ज्यान, चीनमा सवारी दुर्घटना हुने कारण यस्ता छन्



पहिलोपोस्ट

एक वर्षभित्र सडकमै गयो ५८ हजारको ज्यान, चीनमा सवारी दुर्घटना हुने कारण यस्ता छन्

बेइजिङ : चीनमा सन् २०१५ मा मात्रै सवारी दुर्घटनाका कारण ५८ हजार जनाको सडकमै मृत्यु भएको अधिकारीले जनाएका छन्।
 
चीनको संसद्को वेबसाइटमार्फत् सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यसअघि सन् २०१४ मा १ लाख ७ हजार जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो।
 
ट्राफिक नियम उलङ्घन गर्ने प्रवृत्तिका कारण चीनमा ठूला दुर्घटना गम्भीर समस्याका रुपमा रहेका छन्। बसको लामो दुरीको यात्राका कारण हुने दुर्घटनाले चीनमा बेलाबेलामा तनाव दिने गरेको छ। आकस्मिक रुपमा हुने व्यक्तिगत दुर्घटनाका कारण पनि नियमित रुपमा धेरैको ज्यान जाने गरेको छ।
 
सवारी दुर्घटनामध्ये झन्डै ९० प्रतिशत दुर्घटनाको कारण ट्राफिक नियमको उल्लंघन हुने गरेको प्रतिवेदनमा उल्लेख छ।
 
त्यसैगरी अत्याधिक भार भएका ट्रक, नाजुक अवस्थाका सडक र ग्रामीण क्षेत्रमा हुने असुरक्षित यात्रा पनि सवारी दुर्घटनाका अन्य प्रमुख कारण रहेको प्रतिवेदनमा जनाइएको छ।
 
विश्व स्वास्थ्य सङ्गठनले चीनको यो रिपोर्ट वास्तविकताभन्दा थोरै भएको दाबी गरेको छ।रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell