PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन- 'बिरामी र कुरुवासँग शिष्ट व्यवहार गर्नू'



पहिलोपोस्ट

काठमाडौं : स्वास्थ्यकर्मीले बिरामी तथा कुरुवालाई अभद्र र अशिष्ट व्यवहार गरेको भन्दै स्वास्थ्य मन्त्रालयमा गुनासो आएपछि मन्त्रालयले कुरुवालाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ।
 
मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बुधबार परिपत्र गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ (दफा ५२ (६७) मा उल्लेख भएअनुसारको आचरणसम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो।
 
मन्त्रालयको चिकित्सा महाशाखाले निर्देशनात्मक परिपत्र पठाउँदै सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यस्थलमा रहँदा अनिवार्य रुपमा पोसाक, एप्रोन तथा परिचयपत्र लगाएर कार्य गर्न पनि निर्देशन दिएको छ।
 
साथै, सम्पूर्ण सरकारी अस्पतालले टिकट काउन्टर अगाडि सबैले देख्ने गरी हरेक चिकित्सकको सेवा दिने समय स्पष्टरुपमा देखिने गरी राख्न पनि भनेको छ। निर्देशन पालना नभएमा उनीहरुलाई कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell