PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

पुनर्निर्माणका इन्जिनियरको राजीनामा खारेज, ७५ प्रतिशत भत्ता बढाएर काममा फर्कन निर्देशन



पहिलोपोस्ट

पुनर्निर्माणका इन्जिनियरको राजीनामा खारेज, ७५ प्रतिशत भत्ता बढाएर काममा फर्कन निर्देशन

काठमाडौं : सरकारले पुनर्निर्माणमा करार सेवामा कार्यरत रही दुई दिनअघि राजीनामा दिएका करिब १२ सय इन्जिनियरलाई ७५ प्रतिशत भत्ता बढाएको छ।
 
सरकारले दिएको सेवासुविधामा असन्तुष्टि जनाउँदै भूकम्प पीडितलाई दिने राहतमा पनि अनावश्यक झन्झट रहेको कारण देखाएर करिब १२ सय इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट इन्जिनियरले सामूहिक राजीनामा दिएका थिए।
 
उनीहरुले स्थानीयस्तरमा आवास, कार्यालय र चाडबाड भत्ताका विषयमा राखेका माग सम्बोधन नगरे पनि मन्त्रिपरिषद् बैठकले ७५ प्रतितश एकमुष्ट उपलब्ध गराउने निर्णय गरी ४८ घन्टाभित्र काममा फर्कन निर्देशन दिएको छ।
 
सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले परिस्थिति अनुसार सरकार चल्नुपर्ने अवस्थाले यस्तो निर्णय लिएको बताए। 'सेवा सर्त र सुविधा के हुने भन्ने कुरा उहाँहरुसँग हस्ताक्षर गरेको सम्झौतामा स्पष्ट छ, त्यही आधारमा उहाँहरुलाई काममा पठाइएको हो,' मन्त्री केसीले भने, 'तर अफ्ठेरो अवस्थामा केही सुविधा दिएर भए पनि जनताका काम गरौं भनेर भत्ता बढाउने निर्णय गरिएको हो।' त्यसरी दिइने भत्ता दुर्गम भत्ता र कामका आधारमा प्रोत्साहन भत्ताका रुपमा एकमुष्ट दिन लागेको सरकारले तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell