PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

पुस १६ देखि खोटाङमा मोर्चाको महाधिवेशन, बादल प्रमुख अतिथि



पहिलोपोस्ट

खोटाङ : किराती राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय महाधिवेशन खोटाङमा हुने भएको छ। नेकपा (माओवादी केन्द्र) निकट मोर्चाको महाधिवेशन आगामी पुस १६ र १७ गते खोटाङको सदरमुकाम दिक्तेलमा हुने भएको हो।
 
(माओवादी केन्द्र) का सङ्गठन विभाग प्रमुख रामबहादुर थापा (बादल) को प्रमुख आतिथ्यमा उद्घाटन हुने महाधिवेशनमा पोलिटब्युरो सदस्य देव गुरुङ, स्थायी समिति सदस्यद्वय गोपाल किराती र सुरेश आलेमगरले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
 
मोर्चाको राष्ट्रिय महाधिवेशन खोटाङमा हुने भएपछि जिल्लामा तयारी तीव्र पारिएको जिल्ला कार्यसमितिले जनाएको छ। जिल्लामा अरुणा राई (दीक्षा) को संयोजकत्वमा आर्थिक सङ्कलन, प्रवचन राईको संयोजकत्वमा प्रचारप्रसार, खगेन्द्र राईको संयोजकत्वमा व्यवस्थापन र मिलन राईको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति गठन गरिएको छ।
 
जिम्मेवारी बाँडफाँडसँगै सबै समितिले तीव्रगतिमा काम अगाडि बढाएको माओवादी केन्द्र, खोटाङका कोषाध्यक्ष सुरेश राईले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell