PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

बन्दकर्ताले भक्तपुरमा बस फोडे



पहिलोपोस्ट

भक्तपुर: बन्दकर्ताले भतपुरको मध्यपुरथिमिमा बा ३ ख २४६५ नंम्वरको मिनीबसमा तोडफोड गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको मा‌‌ओवादीले इन्धनमा भएको मुल्यबृद्धीको विरोधमा बन्दको आव्हान गरेको थियो।

बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले बसमा ढुंगा प्रहार गर्दा एक जना यात्रु घाइते भएका थिए। घाईतेको उपचारपछि घर फर्किसकेको डीएपी कृष्णा चापागाईले बताए ।

प्रहरीले बन्द गराउदै हिडेका माओवादी मजदुर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, क्रान्तिकारी मजदुर सङ्गठनका जिल्ला अध्यक्ष विक्रम आचार्य, विप्लव समूहका भक्तपुर जिल्ला अध्यक्ष कुशल बोगटी र अखिल क्रान्तिकारीको भक्तपुर जिल्ला सचिव चित्रकमल ओलीलाई पक्राउ गरेको प्रसार्इंले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell