PahiloPost

May 14, 2025 | १ जेठ २०८२

अफगानी सांसदको घरमा आक्रमण, ११ को मृत्यु



पहिलोपोस्ट

अफगानी सांसदको घरमा आक्रमण, ११ को मृत्यु

काबुल : अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको घरमा बुधबार बेलुका भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।
 
बुधबार बेलुका दक्षिणी हेल्मन्ड प्रान्तका सांसद मिर वालीको घर खोशाल मिनामा आक्रमण भएको थियो। आक्रमणकारीहरु मध्ये दुई जना बन्दुकधारी घरभित्रै पसेर आक्रमण गरेको प्रहरी अधिकारीले जनाएका छन्।
 
आक्रमणकारी विरुद्ध सुरक्षाकर्मीद्वारा गरिएको कारबाहीमा बिहीबार बिहान दुई जना आतंककारीको मृत्यु भएको एक प्रहरीले बताए।
 
मारिने मध्ये दुई जना सांसदका नाति रहेका छन्। प्रत्यक्षदर्शीले रातभर पटकपटक विस्फोट भएको र तीन पटक निकै ठूला आवाजसहित विस्फोट भएको जानकारी दिए।
 
दुई स्थानीय वृद्ध, एउटा बच्चा र दुई जना सांसदको घरका गार्ड पनि घटनामा मारिएका छन्। सांसद मिर वाली सहित घाइते भएका सात जना खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
 
आक्रमणको तालिवानले जिम्मा लिएको छ। तालीवान लडाकुहरुले अप्रिलदेखि सरकार विरोधी गतिविधिलाई बढाएका भए पनि उनीहरूको आक्रमणमा सर्वसाधारणको समेत मृत्यु हुने गरेको भेटिएको छ।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell