PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

दाङमा बस दुर्घटना : ३ जनाको मृत्यु, १७ घाइते



पहिलोपोस्ट

दाङमा बस दुर्घटना : ३ जनाको मृत्यु, १७ घाइते

दाङ : लमही–घोराही सडकखण्डको मसोट खोलामा लु२ख ७७६ नम्बरको बस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
 
ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन्।
 
प्युठान खालाकी ३८ वर्षीया देहोरी विक र सौडियारका ६० वर्षीय चित्रबहादुर श्रेष्ठ र अर्का एकको मृत्यु भएको ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक नन्दकुमार पोख्रेलले जानकारी दिए।
 
आज दिउँसो लमहीबाट घोराहीतर्फ आइरहेको गाडी दुर्घटनामा परेको हो। घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराही र स्वास्थ्य केन्द्र लमहीमा उपचार भइरहेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell