PahiloPost

May 14, 2025 | १ जेठ २०८२

एमालेले सहिष्णुता भड्काएको गठबन्धनको आरोप, काउन्टरमा आन्दोलनको तयारी



पहिलोपोस्ट

एमालेले सहिष्णुता भड्काएको गठबन्धनको आरोप, काउन्टरमा आन्दोलनको तयारी

काठमाडौँ : संघीय गठबन्धनले संविधान संशोधनमा एमालेले गर्दै आएको विरोधलाई 'नश्लीय अभिव्यक्ति'को आरोप लगाउँदै त्यसले मुलुकमा जातीय र सामाजिक सहिष्णुतालाई भड्काउने काम गरेको टिप्पणी गरेको छ। साथै गठबन्धनले एमाले आन्दोलनले मुलुक विभाजन गर्नेतर्फ उन्मुख गराएको उल्लेख गर्दै राष्ट्रिय एकतालाई कमजोर गरी मुलुकलाई अनिश्चितकालीन गृहयुद्धतर्फ धकेल्ने प्रतिगमानकारी गतिविधि भनेको छ।
 
गत मंसिर १४ गते संसदमा सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि एमालेले विरोध जनाउँदै आएको छ। एमाले नेताहरुले विधेयक राष्ट्रघाती भएको टिप्पणी गर्ने गरेका छन्। साथै एमालेले ५ नम्बर प्रदेशको सीमाङ्कन हेरफेरविरुद्ध सडक आन्दोलन गर्दै आएको छ।
 
गठबन्धनको बिहीबार संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठक एमालेविरुद्ध खनिएको हो। बैठकपछि अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने उल्लेख छ। एमालेले आउँदो २२ गते राजधानीमा प्रदेशको सीमाङ्कन हेरफेरको विरोधमा सभा गर्ने तयारी गरिरहँदा गठबन्धनले पनि काउन्टर दिने शैलीमा आन्दोलन गर्ने उल्लेख गरेको छ।
 
'गैरभौगोलिक प्रदेशसहित १० वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी निर्णायक आन्दोलनका लागि जनमत निर्माण गर्ने' गठबन्धनले जारी गरेको तीन बुँदे विज्ञप्तिको दोस्रो बुँदामा उल्लेख छ।
 
गठबन्धनले वर्तमान सरकार गठनका बेला मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई परिमार्जन सहित तत्काल अगाडि बढाउन माग समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell