PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

फिफा वरीयता : २०१६ को अन्त्यसँगै नेपाल १८१ औं स्थानमा यथावत, अर्जेन्टिना शीर्ष स्थानमा कायमै



पहिलोपोस्ट

फिफा वरीयता : २०१६ को अन्त्यसँगै नेपाल १८१ औं स्थानमा यथावत, अर्जेन्टिना शीर्ष स्थानमा कायमै

फिफाले जारी गरेको डिसेम्वर महिनाको नयाँ वरीयतामा नेपाल १८१ औं स्थानमा यथावत रहेको छ। नोभेम्वरमा वरीयता सार्वजनिक भएयता कुनै पनि खेल नखेलेको नेपालको कुल ९० अंक छ।

मलेसिया सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपालले नोभेम्वरमा ५ अंक जोड्दै वरीयतामा ५ स्थान सुधार गर्दै १८१ औं स्थानमा उक्लेको हो।

गत वर्ष डिसेम्बरमा नेपाल १९३ औं स्थानमा थियो तर वर्षको सुरुवातमै १९६ स्थानमा झरेको नेपालले २०१६ मा कुल १५ स्थान सुधार गरेको हो।

दक्षिण एसियाली क्षेत्रमा भारत सबैभन्दा माथि छ।दुई स्थान सुधार गरेको भारत १३५ औं स्थानमा छ। माल्दिभ्स १५४ औं स्थानमा यथावत छ भने भुटान एक स्थान तल झर्दै १७७ औं स्थानमा पुगेको छ।

नेपाल भन्दापछि दक्षिण एसियाका ३ राष्ट्र छन्। बंगलादेश दुई स्तान तल झर्दै १८५ औं स्थानमा पुगेको छ भने  श्रीलंका १९५ औं तथा पाकिस्तान १९७ औं स्थानमा यथावत छ।

विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ भने शीर्ष १औ स्थानमा कुनै फरेबदल भएको छैन। ब्राजिल दोस्रो, जर्मनी तेस्रो, चिली चौथो, बेल्जियम पाँचौं, कोलम्विया छैटौ, फ्रान्स सातौं, पोर्चुगल आठौं, उरुग्वे नवौं तथा स्पेन दशौं स्थानमा यथावत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell