37.jpg)
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्च अदालत परिसरमा हातपात भए पनि अहिलेसम्म प्रहरी समक्ष बुझाइएको छैन। 'अदालत परिसरभित्र प्रवेश गर्ने हामीलाई अनुमति हुँदैन', महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले भने, 'घटनाबारे जानकारी पायौँ तर पक्राउ परेकालाई न्यायिक प्रहरीले हामी समक्ष बुझाइसकेका छैनन्।'
न्यायाधीशमाथि आक्रमणको घटना बढेपछि प्रहरी प्रधान कार्यालयले एसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली गठन गरेर अदालत र न्यायाधीशको सुरक्षामा खटाउने गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यापछि एसपीको नेतृत्वमा अदालत परिसरको सुरक्षाका लागी प्रहरीको छुट्टै टोली गठन गरेको हो। सोही टोलीले सर्वोच्च, पुनरावेदन र जिल्ला अदालतसँगै न्यायधीशको निवासको समेत सुरक्षा गर्ने गरेको छ।
महानगरीय प्रहरी कार्यालय मातहतको महानगरीय सर्वाेच्च अदालत समन्वय तथा सुरक्षा इकाईले सर्वोच्च अदालतको सुरक्षा हेर्छ। यसको नेतृत्व एसपी जनक भट्टराईले गरेका छन्। अदालत परिसरभित्र न्यायिक प्रहरीबाहेक अन्य टोलीलाई प्रवेशको अनुमति हुन्न।