PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

लोकमानलाई आक्रमण गर्ने दुई जनाको परिचय खुल्यो



पहिलोपोस्ट

लोकमानलाई आक्रमण गर्ने दुई जनाको परिचय खुल्यो

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई आज सर्वोच्च अदालत परिसरमै आक्रमण गरी कालोमोसो दल्ने दुई जनाको परिचय खुलेको छ। 

प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने दुई जनामा *प्रकाश शाही र चन्द्रबहादुर बूढा रहेका छन्।

उनीहरुले किन आक्रमण गरेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको छ। 

पहिलोपोस्ट सहकर्मी दीपेन श्रेष्ठका अनुसार आक्रमण लगत्तै उनीहरुले नेकपा माओवादी जिन्दावाद र हत्यारालाई कारबाही गर नारा लगाएका थिए। 

*सच्याइएको
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell