PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

'मिसेस ग्लोब २०१६'मा नेपालकी सवितालाई 'मिसेस इनर्जेटिक' उपाधि



पहिलोपोस्ट

'मिसेस ग्लोब २०१६'मा नेपालकी सवितालाई 'मिसेस इनर्जेटिक' उपाधि

काठमाडौं : नेपालका तर्फबाट 'मिसेस ग्लोब २०१६'मा सविता पाण्डेले मिसेस इनर्जेटिकको उपाधि जितेकी छिन्। चीनमा भएको सो ब्युटी प्याजेन्टमा उनले टप ३० सम्म मात्र आफ्नो यात्र तय गरिन्।
 
पहिलोपोस्टलाई जानकारी दिँदै पाण्डेले भनिन्, 'विवाहितहरुलाई प्रेरणा दिने यस्तो इन्टरनेशनल कन्टेस्टमा कुनै उपाधि जित्नु पनि सफलता नै मानेको छु।'
 
डिसेम्बर ११ मा सम्पन्न भएको कार्यक्रमपछि उनी नेपाल फर्किएकी छिन्। नेपालबाट उनी मात्र एकल प्रतिनिधि रहिन्।
 
मिसेस ग्लोब इभेन्टको यो २०औं संस्करण हो। पोखराकी सविता पाण्डेसँगै संसारभरका ७२ देशको सहभागिता रहेको थियो। जसमध्ये मिसेस ग्लोब २०१६ को ताज बेलारुसकी प्रतिनिधिले पहिरिएकी छिन्।
 
सविताका लागि ड्रेस डिजाइन अमित बराल र नीतु राणाले गरेका थिए। चीनमा प्रतियोगिताका लागि जानुअघि उनले विभिन्न किसिमका व्यक्तित्व विकासका तालिम लिएकी थिइन्।
 
नेपालका लागि मिसेस ग्लोबको निर्देशन तथा व्यवस्थापन रजनी थापाले गर्दै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell