PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

लोकमानविरुद्धको मुद्दामा निवेदक पक्षको बहस सकियो, विपक्षीतर्फको बहस शुक्रबारदेखि



रमेश वाग्ले

लोकमानविरुद्धको मुद्दामा निवेदक पक्षको बहस सकियो, विपक्षीतर्फको बहस शुक्रबारदेखि

काठमाडौँ : सर्वोच्च अदालतमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको योग्यता र आचरणका विषयमा परेका रिट निवेदनमा आज निवेदक पक्षको बहस सकिएको छ।

रिट निवेदकका विपक्षी लोकमानसिंह कार्कीका पक्षधर अधिवक्ताहरुले आजको पेशी स्थगित गर्न माग गरेपनि सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि बहस सुरु भएको थियो। लोकमानसिंह कार्की पक्षका अधिवक्ताहरु 'बार दिवस'को दिन परेको भन्दै नेपाल बार एसोसियसनको पत्रसहित पेसी स्थगनको माग गर्दै सर्वोच्च पुगेका थिए।
 
न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा भएको बहसमा निवेदक पक्षको बहस आजै सकिएको छ। यससँगै सरकारी वकिलको बहस पनि सकिएको छ। सरकारी वकिलका तर्फबाट किरण पौडेलले बहस गरेका थिए।
 
निवेदक ओमप्रकाश अर्यालसहित निवेदन पक्षका अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई, रमेश बडाल, गोविन्द बन्दी,  विजय मिश्र, सुनिल पोखरेललगायतले बहस गरे। उनीहरुले साढे दुई घण्टासम्म बहस गरेपछि आजको बहस टुंगिएको थियो।

भोलि निवेदकको विपक्ष अर्थात् लोकमान पक्षका अधिवक्ताहरुले बहस गर्ने छन्। लोकमानका पक्षमा ६ जना वरिष्ठ सहित १५ जना अधिवक्ताको टोली छ।

अधिवक्ताहरु बालकृष्ण न्यौपाने, बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, सुशील पन्त, कृष्णप्रसाद सापकोटा र सुरेन्द्र महतो छन् भने अधिवक्ताहरु भीमार्जुन आचार्य, कुमार रेग्मी, दीपेन्द्र झा, बाबुराम कुँवर, आनन्द लम्साल, माधव बस्नेतसहित नौ जना छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell