
मोरङ : संविधान संशोधन प्रस्तावको विषयमा मौन रहेका नेकपा एमालेका नेता माधव कुमार नेपालले संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जानुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
संशोधन प्रस्ताव दर्तासंगै अमेरिका लागेका नेपाल स्वदेश फर्किए पनि उनले जारी राजनीतिक गतिरोधबारे आफ्नो धारणा सार्वजनिक गरेका थिएनन् ।
बिहीबार मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुुरा गर्दै नेपालले दलबीच छलफल गरी सहमतिमै संविधान संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने र निर्वाचनमा जानुु नै अहिलेको गतिरोध अन्त्यको उत्तम विकल्प भएको धारणा राखेका थिए ।
२०७४ माघ ४ भित्र तीनै तहको निर्वाचन गरिसक्नुुपर्ने भएकाले निर्वाचनको तयारीमा तीव्रताका साथ सरकार लाग्नुपर्नेमा उनले जोड दिएका थिए ।
मधेसी मोर्चाका केही नेता पहाड र तराईलाई छुुट्याउन खोजेको र नेपाल सबै जातजातिको देश भएकाले हिमाल, पहाड र तराईलाई कुुनै पनि हालतमा छुुट्याउन नहुने उनले बताएका छन् ।
रासस