PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

हावाले आगो फैलाउँदा जापानमा एक सय ४० घर जले



पहिलोपोस्ट

हावाले आगो फैलाउँदा जापानमा एक सय ४० घर जले

जापान : कडा हावा, हुरीका कारण फैलिएको आगोका विशाल लप्काले जापानको सामुन्द्रिक तटवर्ती एक सानो नगरको १ सय ४० घर जलाएको छ । 

जापानको निगाता जिल्लाको इतोइगावा उपनगरको स्थानीय एक रेस्टुराँबाट बिहीबार बिहान आगो सल्केको थियो । आँधीबेहरीले आगो फैलाएपछी उग्ररूप लिँदै ठुलो लप्का बनेपछी इतोइगावाका १ सय ४० आवासीय र अन्य ठूला भवन जलेका छन् ।

इतोइगावा उपनगर राजधानी टोक्योबाट २ सय ६० किलोमिटर उत्तर–पश्चिममा पर्छ ।

स्थानीय जापानी सञ्चार माध्यमका अनुसार ठूलो परिमाणमा भौतिक सम्पत्ति जलेर नष्ट भएको छ । दुईजनालाई सामान्य चोट पटक लागेको बाहेक अन्य मानवीय क्षति भएको छैन ।

आगलागी अन्यत्र पनि फैलिनसक्ने भन्दै स्थानीय अधिकारीहरूले वरपरका २ सय ७३ भवन खाली गरी त्यहाकावासीलाई बाहिर निस्कन सूचना जारी गरेका छन् । 
रासस÷एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell