PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

फेसबुक अपराध : ४५६ वटा उजुरीमा ११ वटामात्रै पुग्यो फेसबुक हेडक्वार्टरमा



पहिलोपोस्ट

फेसबुक अपराध : ४५६ वटा उजुरीमा ११ वटामात्रै पुग्यो फेसबुक हेडक्वार्टरमा

काठमाडौँ : फेसबुकलाई माध्यम बनाई अपराध गर्नेहरुको संख्या बढ्दै गए पनि त्यस्ता उजुरीको अनुसन्धान गरी फेसबुक हेडक्वार्टरमै जानकारी माग गर्नेको संख्या भने एकदमै न्युन देखिएको छ। 

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका अनुसार चालु आर्थिक वर्षमा ४ सय ५६ वटा उजुरी फेसबुकसँग सम्बन्धित छन्। 

फेसबुकले वर्षको अन्तमा जारी गरेको जनवरी २०१६ देखि जुन २०१६ अर्थात् ६ महिनाको तथ्याङ्कमा भने कानुनी प्रक्रियाका लागि ११ वटा अनुरोध नेपालबाट फेसबुकलाई प्राप्त भएको उल्लेख छ। नेपालबाट १२ वटा प्रयोगकर्ताको तथ्याङ्क माग भए पनि ५४.५५% मात्रै अनुरोधको मात्रै केही तथ्याङ्क दिइएको फेसबुकले जनाएको छ। 

इमर्जेन्सी अन्तर्गत नेपालबाट दुई वटा अकाउन्टका दुई वटा अनुरोध माग भएकामा सबै पूरा गरिएको पनि फेसबुकले जनाएको छ। 

फेसबुकले आधिकारिक रुपमा आपराधिक अनुसन्धानका लागि ९० दिनसम्म अकाउन्ट रेकर्ड सुरक्षित राख्ने भए पनि नेपालबाट त्यस्तो एउटा पनि अनुरोध नभएको जनाएको छ। 

भारतमा त्यहाँको सञ्चार मन्त्रालय अन्तर्गत रहेको इन्डिया कम्प्युटर इमर्जेन्सी रेस्पन्स टिम र कानुन कार्यान्वयन गर्ने निकायहरुबाट आएका कानुनी अनुरोध भएमा फेसबुकका सामाग्री (स्टायटस, फोटो वा भिडियो) लाई भारतभित्र खुल्न नसक्ने बनाइन्छ। यो समय अवधिमा भारतका २ हजार ३४ वटा सामाग्रीमा त्यस्तो रोक लगाइएको थियो। 

नेपालमा भने यस्तो अभ्यास गरिएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell