
लोकमान कालोमोसो प्रकरण : अनुत्तरित चार प्रश्न

सर्वोच्च अदालत परिसरभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दलिएपछि त्यहाँको सुरक्षामाथि प्रश्न खडा भएका छन्। कालोमोसो दल्नेहरु पक्राउ परे पनि अदालत परिसरमा आक्रमणको घटना भएको छ। प्रवेशमा समेत कडाई रहेको अदालतमा सुरक्षा निगरानीमा त्यतिकै छ। कहाँ भयो त सुरक्षा चुक?
कालोमोसो दलिएपछि लोकमानले भने- अब कतिको शरीरमा लुगा बाँकी रहला समयले बताउनेछ

सर्वोच्चभित्रै लोकमानमाथि आक्रमण : यस्तो छ अदालतको सुरक्षा

सर्वोच्चमा पेशी बुझ्न जाँदा आफूमाथि आक्रमण गरी कालो मोसो दलिएको केही समय नबित्दै अख्तियारका निलम्बित प्रमुख लोकमानसिह कार्कीले १५ सय शब्दको अपिल सार्वजनिक गरेका छन्। विज्ञप्तिमा उनले आफूलाई प्रमुख आयुक्त नै लेखेका छन्। पिल जस्ताको तस्तै :
लोकमानलाई आक्रमण गर्ने दुई जनाको परिचय खुल्यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई आज सर्वोच्च अदालत परिसरमै आक्रमण गरी कालोमोसो दल्ने दुई जनाको परिचय खुलेको छ। पक्राउ पर्नेमा *प्रकाश शाही र चन्द्रबहादुर बूढा रहेका छन्।
तस्बिरमा हेर्नुहोस् लोकमानमाथि कसरी भयो आक्रमण?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध अदालतमा परिसरमा हातपात भएको छ। आफ्नो मुद्दाको तारेख बुझ्न अदालत पुगेका दुईमध्ये एक व्यक्तिले हमला गरेका हुन्। पहिलोपोस्टका दीपेन श्रेष्ठका अनुसार कार्कीलाइ अदालत परिसर भित्रै एक व्यक्तिले हातपात गरेका हुन्।
लोकमानले महाभियोगमा खोले मुख, सोध्छन्– 'मैले मन्त्रीहरुको नियुक्तिमा हस्तक्षेप गरेँ कि?'
निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकानसिंह कार्कीले आफू विरुद्ध दर्ता भएको महाभियोगबारे मुख खोलेका छन्। अदातलमा कार्की विरुद्ध कालोमोसो सहित भएको आक्रमण लगत्तै कार्कीले अपिल जारी गर्दै महाभियोगबारे बोलेका हुन्। आक्रमणको दश मिनेट भित्रै भएको झण्डै १५ सय शब्दको अपिलमा उनले आफू भ्रष्ट्राचार विरुद्ध लागेबापत 'फूलको संरक्षणण गरेबापत मालीले कुटाई खानुपर्ने जस्तो अवस्था पैदा भएको उल्लेख गरेका छन्।७० प्रहरीको सुरक्षा घेराभित्र लोकमानलाई कसरी दलियो कालोमोसो?
.jpg)
सर्वोच्च अदालतको प्रधानन्यायाधीश र न्यायाधीशको सुरक्षामा १ सय ७४ जना प्रहरी खटिएका छन्। तीमध्ये ७० जना प्रहरी सर्वोच्च अदालतको सुरक्षामा खटिएका हुन्छन्। बिहीबार यही बाक्लो सुरक्षा घेराभित्र दुई जनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दले।