PahiloPost

May 15, 2025 | २ जेठ २०८२

कालोमोसो प्रकरण : लोकमान भन्छन् – 'आत्मविश्वास क्षयीकरण हुने ठानिएको हो भने त्यो कल्पना मात्र'



पहिलोपोस्ट

कालोमोसो प्रकरण : लोकमान भन्छन् – 'आत्मविश्वास क्षयीकरण हुने ठानिएको हो भने त्यो कल्पना मात्र'

काठमाडौँ : पेशी बुझ्न बिहिबार सर्वोच्च अदालत पुगेका अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दलियो। त्यसको ठिक ९ मिनेटमा कार्कीले अपिल जारी गर्दै महाभियोग प्रस्ताव र आफू विरुद्ध भइरहेका घटना नियोजित भएको जिकिर गरे। अदालत परिसरमै कालोमोसो दलिएका कार्की 'निरिह र रुन्चे' अनुहार बनाएर अदालतबाट बाहिरिएका थिए।

तर उनले घटनाबारे उपस्थित पत्रकारलाइ कुनै प्रतिक्रिया दिएका थिएनन्। तर बिहीबार साँझ उनले घटनाप्रति खेद प्रकट गर्दै टिप्पणी सार्वजनिक गरेका छन्।


उनले कालोमोसो दल्ने घटनाले आफ्नो 'आत्माविश्वास क्षयीकरण हुने ठानिएको हो भने त्यो कल्पना मात्र हुने' बताएका छन्। साथै कालोमोसो प्रकरणलाई षड्यन्त्रपूर्ण चालबाजीको एउटा कडीको रुपमा टिप्पणी गरेका छन्।
 

उनले घटनाबारे लेखेका छन् – 'सम्मानित सर्वोच्च अदालत परिसरमा आज मेरो मानमर्दन गर्ने नियोजित उद्देश्यबाट भएको घृणित कार्यले मलाई स्तब्ध र दुःखी बनाएको छ। न्यायालय जस्तो सम्मानित र सुरक्षित मानिने स्थानमा म माथी भएको दुरव्यवहारलाई मेरा विरुध्द केही महिना यता चल्दै आएको षडयन्त्रपूर्ण चालबाजीको एउटा कडीको रुपमा लिएको छु। यस निन्दनीय घटनाबाट मेरो जिउधन थप असुरक्षित रहेको र न्यायालय परिसरमा जान समेत सचेत हुन पर्ने ठानेको छु। म माथी केही समय यता पूर्वाग्रहपूर्ण ढंगले जे जस्तो व्यवहार हुदै आएको भए पनि सम्मानित न्यायालयबाट न्याय पाउने आशा भने अझै गुमाई सकेको छैन।' 

कार्कीले बिहिबार नै १५ सय शब्दको अपिल जारी गर्दै आफूविरुद्ध षड्यन्त्रपूर्ण ढंगमा छापामार शैलिमा महाभियोग प्रस्ताव संसदमा दर्ता भएको उल्लेख गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell