PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

शाहरुखलाई डनको छोराको धम्की



पहिलोपोस्ट

शाहरुखलाई डनको छोराको धम्की

रक्सि तस्कर अब्दुल लतिफबाट प्रेरित फिल्म रईस बनाउनु शाहरुख खानका लागी टाउको दुखाई बनेको छ । फिल्ममा पाकिस्तानी अभिनेत्री माहिरा खान रहेको भन्दै यस अगाडि राज ठाकरेले फिल्म चल्न नदिने धम्की दिएका थिए । 

ठाकेरेकोे घरैमा गएर उनलाई मनाउन शाहरुख सफल भए तर अर्को लफडा आइसक्यो । लतिफका छोरा मुश्ताक शेखले फिल्म रिलिज भए लगत्तै अदालतको ढोका ढक्ढक्याउने चेतावनी दिइसकेका छन् । 

फिल्म निर्माणमा संलग्न टोलीले रइस अब्दुलबाट प्रभावित नभएको दावी गरेका छन् । तर उनका छोरा मुश्ताकले फिल्म बनाउनुभन्दा अगाडि टोली आएर आफ्नो परिवारलाई भेटेको दावी गर्दै आफ्नो बाबुलाई बेश्याबृत्तीर महिलाको प्रयोगगरी रक्सी विक्री गराउने धन्दामा संलग्न हुने गरेको देखाउनेबारे जानकार नभएको बताएका छन् ।

फिल्मको ट्रृलर हेर्दा आफ्नो बाबुको छवी खराव हुनेगरी फिल्म बनाएको देखिएकाले फिल्म हलमा लागे लगत्तै अदालत जाने बताएका हुन् । 
उनले यस अगाडिनै गुजरात हाइकोर्टमा एक सय करोड रुपैंयाको मानहानीको मुद्धा दर्ता गरिसकेका छन् । अदालतले मुश्ताकलाई फिल्म रिलिज नभएसम्म कुर्न सुझाव दिएको थियो । 

लतिफ गुजरातमा कहलिएका रक्सि तस्कर हुन् । पछि उनी राजनीतिमा समेत संलग्न भएका थिए । प्रहरी इन्काउन्टरमा उनी मारिएका थिए । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell