PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

एक प्रहरीको काँधमा ७ सयको सुरक्षा जिम्मेवारी



पहिलोपोस्ट

एक प्रहरीको काँधमा ७ सयको सुरक्षा जिम्मेवारी

बैतडी : दुई नगरपालिका र ५६ गाविसमा रहेको बैतडीमा प्रहरीको दरबन्दी ४ सय ३० जना मात्रै छ । त्यसमा पनि कार्यरत ३ सय ५० मात्रै हुन् । दुई लाख ५० हजारभन्दा बढी जनसंख्या रहेको बैतडीमा एकजना प्रहरीले ७ सय १५ जनाभन्दा बढीको सुरक्षा दिने जिम्मेवारी छ । 

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, ट्राफिक प्रहरी पोष्ट, अस्थायी प्रहरी पोष्ट, सीमा प्रहरी चौकी र सामुदायिक प्रहरी सेवा केन्द्र गरी बैतडीमा ३० ओटा प्रहरी कार्यालय रहेका छन् । 

घरायसी झगडा, सामाजिक अपराध, गाउँघरमा हुने घरेलु हिंसा, यौन दुव्र्यवहार, बलात्कार, आत्महत्या जस्ता घटना छन् नै । भारतीय सीमामासँग जोडिएका कारण भन्सार छली, तस्करी नियन्त्रण बैतडी प्रहरीका थप चुनौती हुन् । 
 
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा दरबन्दीअनुसार प्रहरी जनशक्ति जिल्लामा नहुँदा समस्या रहेको बताउँछन् । ८० दरबन्दी खालीहुँदा प्रहरी सेवा प्रभावित भएको उनले बताए । 

शर्माका अनुसार हाल एउटा प्रहरी चौकीले चारवटा गाविससम्म हेरिरहेको छ। अपुग प्रहरीको विषयका विभागमा जानकारी गराइएको र जिल्लामा दरबन्दीमा रहेका प्रहरीको व्यवस्थापन गरिए शान्तिसुरक्षामा सजिलो हुने उनले बताए । 
राससको सहयोगमा 
photo : www.gundrukpost.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell