PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

लोकमानलाई कालोमोसो दल्नेलाई सार्वजनिक अपराधको अभियोग : प्रमाणित भए अधिकतम एक वर्ष कैद



पहिलोपोस्ट

लोकमानलाई कालोमोसो दल्नेलाई सार्वजनिक अपराधको अभियोग : प्रमाणित भए अधिकतम एक वर्ष कैद

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालत परिसरमै कालो मोसो दल्नेविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्र्तगत अनुसन्धान प्रकृया अगाडि बढाउने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रकाश शाही र चन्द्रबहादुर बुढालाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्र्तगतको कसुर गरेको भन्दै अनुसन्धानका लागी हिरासतमा राख्ने न्यायिक म्याद माग्न जिल्ला प्रशासन कार्यालय लैजाने तयारी गरेको छ । 

काठमाडौं परिसरका निमित्त प्रमुख एसपी प्रधुम्न कार्कीले पक्राउ परेका दुबै जनाको प्रारम्भिक बयान सकिएको र बयान र घटनाको प्रकृती अनुसार दुबै घटनामा संलग्न देखिएकाले सार्वजनिक अपराध अन्र्तगत म्याद थपको तयारी भइरहेको जानकारी दिए । 

बिहीबार सर्वोच्चमा आफ्नो योग्यताबारे चलिरहेको बहसकोक्रममा पुगेका कार्कीलाई बुढा र शाहीले अदालत परिसरभित्रै कालोमोसो दलेका थिए । पक्राउ परेका दुबै नेत्रविक्रम चन्दै विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता रहेको खुलिसकेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दोस्रो जनआन्दोलनमा भएको दमनको दोषी लोकमानलाई राज्यले पुरस्कृत गर्दै संबैधानिक निकायको प्रमुख बनाएको र भ्रष्टाचार लगायतका विषयमा जोडिदा समेत कारवाही गर्न ढिलाई गरे पनि जनस्तरवाट कारवाही स्वरुप कालोमोसो दलेको स्विकार गरेका छन् ।

उनीहरुले भ्रष्ट विरुद्ध कारवाहीमा उत्रिने पार्टीको नीति अनुसारनै आफूहरुले काम गरेको प्रहरीको प्रारम्भिक बयानमा स्विकार गरेको अनुसन्धानमा संलग्नस्रोतले पहिलोपोस्टलाई जानकारी दियो । 

सार्वजनिक अपराध अभियोग प्रमाणित भए एक वर्षसम्म कैद हुनसक्ने कानुनी प्रावधान छ । तर अधिकांश अभियुक्त अधिकतम १० हजार धरौटीमा मुक्त हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हालसम्म कहलिएका गुन्डा नाइके दिपक मनांगेलाई सार्वजनिक अपराधमा एक वर्ष कैद सजाय तोकेको थियो । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell