काठमाडौँ : चीनले निर्वासित तिब्बती नेता दलाई लामासँग भारतीय राष्ट्रपतिले भेटेको विषयमा भारतलाई चेतावनी दिएको छ।
चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ - चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु अघि अमेरिकाले दुई पटक सोच्छ भने भारत के हो? चिनियाँ पत्रिकाले संस्कार नभएको बिग्रिएको जिद्दी बच्चाको रुपमा भारतलाइ आरोपित समेत गरेको छ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीले केहि दिन अघि निर्वासित धर्मगुगरु दलाई लामासित भेट गरेका थिए।
चीनचले भारत महान राष्ट्र बन्न सक्ने क्षमता भएको मुलुक रहेको तर उसको कदम अदुरदर्शी रहेको बताएको छ। साथै चीनले मंगोलियाको उदाहरण समेत भारतलाइ दिएको छ। मंगोलियामा दलाई लामाको भ्रमणपछि चीनले नाकाबन्दी लगाएको थियो। लगत्तै मंगोलियाले अब दोश्रोपटक लामालाइ निमन्त्रणा नगर्ने उल्लेख गरेको थियो।
नोबल पुरस्कार विजेता कैलाश सत्यार्थीको फाउन्डेशनले भारतको राष्ट्रपति भवनमा आयोजना गरेको कार्यक्रममा दलाइ लामालाइ निमन्त्रणा गरिएको थियो। कार्यक्रम पछि लामाले भारतीय राष्ट्रपतिसँग भेट गरेका थिए।
भारतले भेटबारे चीनको विरोध लगत्तै दलाइ लामा गैराजनीतिक नेता भएको र भेट गैर राजनीतिक कार्यक्रममा भएको बताएको थियो।