PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

फ्राइडे रिलिज : आमिर खानको 'दंगल' र हलिउड फिल्म 'प्यासेन्जर्स'



पहिलोपोस्ट

फ्राइडे रिलिज : आमिर खानको  'दंगल' र हलिउड फिल्म 'प्यासेन्जर्स'

काठमाडौं: यो हप्ता फ्राइडे रिलिजमा कुनै पनि नेपाली फिल्म प्रदर्शन भएका छैनन्। गत हप्ता पनि प्रचार बिना नै दुई फिल्म 'तिमी बिना बाच्नु छैन' र 'प्रेमी' सिंगल थियटरबाट सार्वजनिक भएका थिएर ति दुबै फिल्मले व्यवसायिक एवंम दर्शक फ्लोको आधारमा राम्रो नगरेको हल व्यवसायिले बताएका छन्।

फिल्म 'जात्रा'ले भने सिंगल थियटर तथा मल्टिप्लेक्समा अझै हाउसफूल शोहरु दिईरहेको छ। गतहप्ता १०० दिन मनाएको छक्कापञ्जाले पनि बिग मुभिज सहित केही सिंगल स्क्रिनमा प्रदर्शन कायम राखेको छ।

बलिउड तर्फ भने फ्राईडे रिलिजमा 'दंगल' आएको छ। आमिर खान अभिनित फिल्ममा भारतिय रेस्लर महाविर सिंह फोगतको जीवन कथा देखाइएको छ। नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा साक्षी तन्वार, फतिमा साना शैख, जाईरा वसीम, सान्या मलहोत्रा लगायतको अभिनय रहेको छ। दंगललाई आमिर खान, किरण रोय र सिद्धार्थ रोय कपूरले निर्माण गरेका हुन्।

त्यस्तै हलिउड फिल्म 'प्यासेन्जर्स' पनि नेपालका लागि हिजोबाट प्रदर्शनमा आयो। मल्टिप्लेक्समा फिल्मको शोहरु रहेको छ। मोर्टन तायलडम निर्देशित फिल्म थ्रिलर फिक्शन हो। जेनिफर  लरेन्स, क्रिश पार्ट, माइकल शिनको फिल्ममा मुख्य अभिनय छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell