PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

संसद अवरोध कायम रहे संविधान कार्यान्वयनमा खतरा : सभामुख



पहिलोपोस्ट

संसद अवरोध कायम रहे संविधान कार्यान्वयनमा खतरा : सभामुख

काठमाडौँ : सभामुख ओनसरी घर्तीमगरले संसद अवरोध खुलाउने विषयमा दलहरुलाई मिलेर अगाडि बढ्न आग्रह गरेकी छिन्।

शुक्रबार राजधानीमा सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुखले घर्तीले दलहरु मिल्नुको बिकल्प नभएको बताइन्।
असन्तुष्टिको आवाज वार्ता र संवैधानिक तवरले समेटेर समाधान खोज्नुपर्ने उनको भनाई थियो।

'लामो समयसम्म संसद अवरोध राखे संविधान कार्यन्वयको बिषयमा खतरा पैदा हुनसक्छ', उनले भने। घर्तीले दलहरुलाई साझा विन्दुबाट प्रस्तुत हुन समेत आग्रह गरिन्।

संविधान संशोधन प्रस्ताव दर्ता भएयता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गर्दै आएको छ। जसका कारण निर्वाचन सम्बन्धि दुई विधेयक संसदबाट अगाडि बढ्न सकेको छैन भने महाभियोग प्रस्ताव समेत अलपत्र छ। 

सरकारले मधेस केन्द्रीत दलहरुको माग सम्बोधन गर्न भन्दै गत मंसिर १४ गते संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell