PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

लोकमानले भने - कालोमोसो दल्ने गोटी मात्र हुन्, रिहा गरिदिनुहोस्



पहिलोपोस्ट

लोकमानले भने - कालोमोसो दल्ने गोटी मात्र हुन्, रिहा गरिदिनुहोस्

काठमाडौँ : अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूलाई कालोमोसो दल्ने दुई युवालाइ रिहा गर्न आग्रह गरेका छन्। उनले कालोमोसो दल्ने दुवैलाइ 'अबोध कारिन्दा' भनेका छन्। साथै उनीहरुले गोटीको रुपमा मात्र काम गरेको उल्लेख गरेका छन्।

कार्कीले एक विज्ञप्ती जारी गर्दै प्रहरीले आफूलाइ कालोमोसो दल्ने क्रममा दर्शाएको तत्परताको समेत सरहना गरेका छन्।
 

हिरासतमा लिईएका व्यक्ति जो सुकै भएपनि ति कसैका गोटी मात्र हुन र मलाई तेजोबध गर्ने उदेश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्र मैले तिनलाई बुझेको छु। वास्तविक अपराधी पर्दा पछाडी भएको र केही महिना यता मेरा विरुद्द विभिन्न प्रकारले षडयन्त्रमूलक योजना बनाउनेहरू कानून र प्रहरीको नियन्त्रणमा आउने स्थिती तत्काल नदेखिएको हुंदा ती अवोध कारिन्दालाई कुनै कारवाही नगरी रिहा गरिदिन हुन म सुरक्षा निकायलाई यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछु।

 
कार्की बिहिबार सर्वोच्च अदालतमा मुद्दाको पेशी बुझ्न गएका बेला नेकपा माओवादीका कार्यकर्ता बताउने प्रबल शाही र चन्द्रबहादुर बुढाले कालोमोसो दलेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell