PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

​कुखुरा फर्ममा पेस्तोल भेटियो, श्रीमती कुट्नेको घरमा भरुवा बन्दुक



पहिलोपोस्ट

​कुखुरा फर्ममा पेस्तोल भेटियो, श्रीमती कुट्नेको घरमा भरुवा बन्दुक

काठमाडौँ : महोत्तरीको गौशाला–९ हर्षावा टोल बस्ने गुदर महतो सहित ३ जनालाई प्रहरीले विहिबार १ थान नलकटुवा पेस्तोल सहित पक्राउ गरेको छ। 

गुदरसहितका उनीहरुले सोही ठाउँमा संचालन गरेको ब्रोइलर कुखुरा फर्ममा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला परेको थियो। 
    
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

उता कास्कीको मौजा–१ काफलडाँडा बस्ने ४६ वर्षीय रामजंग गुरुङलाई प्रहरीले विहिबार भरुवा बन्दुक २ थान सहित पक्राउ गरेको छ। 

गुरुङले श्रीमतीलाई कुटपिट गरेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनको घरतलासी गर्दा बिस्तारामुनि लुकाई राखेको अवस्थामा उक्त बन्दुक बरामद भएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell