PahiloPost

Apr 1, 2025 | १८ चैत्र २०८१

जिल्ला प्रशासनले अस्वीकार गर्‍यो लोकमानको आग्रह : कालोमोसो दल्ने ७ दिन प्रहरी हिरासतमा



पहिलोपोस्ट

जिल्ला प्रशासनले अस्वीकार गर्‍यो लोकमानको आग्रह : कालोमोसो दल्ने ७ दिन प्रहरी हिरासतमा

काठमाडौँ :अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान सिंह कार्कीले आफुलाई कालो मोसो दल्नेलाई रिहा गर्न आग्रह गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कालो मोसो दल्ने दुई युवालाई एक सातासम्म थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।

कार्कीले आफूलाई कालोमोसो दल्ने दुई युवक लाई रिहा गर्न आग्रह गर्दै विज्ञप्तीमार्फत कालोमोसो दल्ने दुवैलाइ  रिहा गर्न आग्रह गरेका थिए।

बिहीबार सर्वोच्च अदालत परिसरमा पक्राउ परेका चन्द्रबहादुर बुढा र प्रकाश शाहीलाई शुक्रबार कार्यलयमा म्याद थपका लागि प्रहरीले पेश गरेको थियो।

दुबैजनालाई सर्वोच्च अदालतले सेवाग्राहीलाई अवान्छित गतिविधि गरेको भन्दै कारवाहीको लागि प्रहरीमा पठाएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीका अनुसार ७ दिनको म्याद दिएर प्रकृया अगाडि बढाउन प्रशासनले अनुमति दिएको छ।

दुबै विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell