PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

आमिर, प्रियङ्का र दिपिकालाई पपुल्यारिटीमा पछि पारे कपिल शर्माले



पहिलोपोस्ट

आमिर, प्रियङ्का र दिपिकालाई पपुल्यारिटीमा पछि पारे कपिल शर्माले

कमिडियन कपिल शर्मा फोर्ब्स इन्डिया म्यागजीनको १०० पपुलर सेलिब्रेटिजको लिस्टमा सातौं स्थानमा रहेका छन्। गत वर्ष सत्ताइसौं नम्बरमा रहेका थिए।

सन् २०१५ सम्म १५ करोड वार्षिक कमाई भएक शर्माको २०१६ सम्ममा कमाई दोब्बर भएको छ। उनले वार्षिक ३०.१७ करोड भारतिय रुपैया कमाउने गरेको नवभारत टाइम्सले जनाएको छ। फोर्ब्सको लिस्टमा पाचौं पटक आफ्नो नाम दर्ता गर्न कपिल सफल भएका हुन्।

पपुल्यारिटीको हिसाबमा उनले आमिर खान, प्रियङ्का चोपडा र दिपिका पाडुकोनलाई पनि पछाडी पारेका छन्। त्यस्तै वार्षिक कमाईमा भने कपिल अभिनेता रणबिर सिंह, एआर रेहेमान र आमिर खान भन्दा अगाडी आए। उनि कमाइमा एघारौं स्थानमा छन्। गत वर्ष उनि सोही लिस्टको सन्ताउनौं नम्बरमा रहेका थिए।

भारती सिंह, कृष्णा खुराना लगायतका कमेडियन पनि फोर्ब्सको सेलिब्रेटी लिस्टमा परे पनि पछि परेका छन्। कृष्णा १०० नम्बरमा रहे भने भारती ९८ नम्बरमा रहेकी छिन्। लिस्टमा नम्बर १ सेलिब्रेटी बिराट कोहली साबित भए। कमाइको मामलामा पनि सलमान खान पहिलो स्थानमा छन्। टप सेलिब्रेटीको दोस्रो सलमान र तेस्रो नम्बरमा शाहरुख खान छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell