PahiloPost

May 14, 2025 | १ जेठ २०८२

​ट्विटरमा सलमान आमिर भिडे, सलमानले लेखे – 'आमिर आइ हेट यू'



पहिलोपोस्ट

​ट्विटरमा सलमान आमिर भिडे, सलमानले लेखे – 'आमिर आइ हेट यू'

पहलमानको जीवन कथा उतारेको फिल्म 'सुल्तान'मा सलमान खानकोको अभिनय रहेको थियो। सबैले फिल्ममा सलमानको भूमीका र अभिनयको तारिफ गरे। तर आफूले जस्तै पहलमान महाविर सिंहको सपना, परिवार र जीवनमा आधारित कथा बोकेको फिल्म 'दंगल'मा आमिर खान देखिएपछि सलमान रिसाएका छन्। फिल्म दंगाल सार्वजनिक भए लगत्तै सलमानले माइक्रो ब्लगिङ साइट ट्विटरमा 'आमिरलाई हेट' गर्ने बताए।

प्रदर्शन भएको दिनबाट नै बलिउड फिल्म दंगलले दर्शक, समिक्षक र सेलिब्रेटीहरुबाट सकारात्मक प्रतिक्रिया बटुली रहेको छ। कलाकारहरुले सामाजिक संजाल मार्फत सर्ट रिभिउ गरे। अन्य कलाकारले फिल्मको कथा र आमिर खानको मिहेनतको तारिफ गरिरहँदा सलमान खानले किन भने 'आइ हेट यु आमिर'?

एकदमै मिल्ने साथी रहेका सलमान र आमिरको ट्विटरमा भएको हेट ट्विट हिट बनेको छ। तर सलमानले आमिरलाइ हेट गर्नुको कारण भने अभियनको परफेक्सन हो।

सलमानले माइक्रो ब्लगिङ् साइट ट्विटर मार्फत फिल्म दंगलकै प्रसङ्ग जोड्दै लेखे,'आमिर म तिमीलाई व्यक्तिगत रुपमा माया गर्छु तर व्यवसायिक रुपमा 'हेट'।

आमिरले सो ट्विटमा जवाफ लेखे,'सल्लू म तिम्रो हेट गर्ने शैलीमा पनि माया पाउँछु।' दुइ साथीले एक अर्कालाइ हेट शब्द प्रयोग गरेपनि सबैलाइ थाहा छ उनीहरु दुई मिल्ने साथी हुन्। 


फोटो : टाइम्स अफ इण्डिया।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell