PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

​कलङ्की, स्वयम्भू र महाराजगन्जवासीले तत्काल मेलम्चीको पानी नपाउने



पहिलोपोस्ट

​कलङ्की, स्वयम्भू र महाराजगन्जवासीले तत्काल मेलम्चीको पानी नपाउने

काठमाडौँ : कलङ्की, स्वयम्भू र महाराजगन्जको पूर्वी भागका स्थानीयले तत्काल मेलम्चीको पानी खान नपाउने भएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पानी वितरणका लागि तत्काल नयाँ वितरण सञ्जाल नबन्ने भएकाले ती क्षेत्रका स्थानीयले मेलम्चीको प्रयोग गर्न केही समय कुर्नुपर्ने भएको हो।

बजेट अभाव हुँदा चक्रपथभित्रको केही भागमा पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएर नयाँ सञ्जाल निर्माण गर्न नसकिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए।

ढकालका अनुसार ती क्षेत्रमा दुई वर्षभित्रमा नयाँ पाइपलाइन बिच्छ्याइने तयारी छ।

चक्रपथ बाहिर गोकर्णेश्वर, जोरपाटी, ललितपुरको कुसुन्ती, नखिपोट, भनिमण्डल, भक्तपुरको टिग्नी र कटुञ्जे क्षेत्रमा पाइप बिच्छ्याउने काम भइरहेको छ । कपन, बौद्ध र बालाजु क्षेत्रभन्दा माथिको भागमा पनि पाइप बिच्छ्याउनका लागि बोलपत्र आह्वान हुँदैछ । यी क्षेत्रमा पाइप बिच्छ्याउन दुई वर्ष लाग्ने छ।

विसं २०८० सम्म याङ्ग्री र लार्केको गरी दैनिक ५१ करोड लिटर पानी आउने बेलामा उपत्यकाको सबै भागमा पाइपको नयाँ वितरण सञ्जाल बिच्छ्याएर पानी वितरण गर्ने योजना रहेको निर्देशनालयले जानकारी दिएको छ। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell