PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

सर्वोच्चमा पहिलोपोस्टको समाचार देखाउँदै लोकमानका वकिलले सोधे - फैसला पनि मिडियाबाटै आउने हो?



मनोज सत्याल

सर्वोच्चमा पहिलोपोस्टको समाचार देखाउँदै लोकमानका वकिलले सोधे - फैसला पनि मिडियाबाटै आउने हो?

काठमाडौँ : अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति लगायतका मुद्दाको बहसका क्रममा उनको पक्षबाट बहस गरेका अधिवक्ता बालकृष्ण न्यौपाने र माधव बस्नेतले ‘मिडिया ट्रायल’ भएको दावी गर्दै मिडियालाई निषेध गर्न माग गरेका छन्।

मुद्दामा बहस गर्ने क्रममा न्यौपानेले बिहीबार अदालत परिसरमा कार्कीलाई कालोमोसो लगाउने व्यक्तिहरु समेत मिडियाकर्मीको रुपमा छिरेको दावी गर्दै बस्नेतले प्रश्न गरे 'अब अदालतको फैसला पनि मिडियाबाट आउन लागेको हो?'

बहसको क्रममा बस्नेतले इजलासमा पहिलोपोस्टमा लोकमान सिंह कार्कीको मुद्दा सम्बन्धि प्रकाशित सिरिज समाचारको फोटोकपि पेश गर्दै मिडिया ट्रायलको आफ्नो दावी पुष्टिको प्रयास गरेका थिए।
 

यस्तो थियो लोकमान फाइलसम्बन्धी पहिलोपोस्टको सिरिज

EXCLUSIVE : यो हो भूकम्पमा हराएको लोकमानको नियुक्तिको फाइल 
को थिइन् ती युवती, जसले लोकमानको मुद्दा जेरी बनाइन्
अर्याललाई आएको त्यो फोन, जहाँबाट लोकमानको दुर्दिन सुरु
'उनले सुतेको बाघको जुँगा तान्ने काम गरे'
सुशीला भर्सेस लोकमान, 'ब्याक फायर वा मिस फायर?'
कहिलेसम्म आउँछ लोकमानको मुद्दामा फैसला? उनकै रणनीतिमा भर पर्छ
 
न्यौपानेले मिडियाकै कारण कालोमोसोको घटना भएको उल्लेख गर्दै घटनाको प्रतिवेदन आएपछि मात्र बहस अगाडि बढाउनुपर्ने माग समेत गरेका थिए। 

बहसको क्रममा अधिवक्ता माधव बस्नेतले जहाँ जहाँ जतिखेर बहस हुन्छ, जहाँ लोकमानको कुरा हुन्छ, त्यहाँ मिडिया र क्यामेरा लगेर किन फिट गरिन्छ भन्ने प्रश्न गर्दै सोधे, 'अदालत र मिडियाको कतै केही सम्बन्ध त छैन? 

उनले मुद्दा दायर गर्ने ओमप्रकाश अर्यालले मिडियामा आफूलाई फोन आएको विषय जानकारी गराएको भन्दै थप प्रश्न गरेका थिए। 
'अब अदालतको फैसला पनि मिडियाबाट आउन लागेको हो?', बस्नेतले प्रश्न गरे।

लोकमान नियुक्तिबारेको बहसमा उनले निरन्तर मिडियाको आलोचना गरेपछि पूर्ण इजलासको नेतृत्व गरेका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले 'मिडियामा के-के आउँछ, पत्रिकामा के-के आउँछ, हामीले हेरेका छैनौँ। पत्रिकामा आएको कुरा नगर्नुस्, मूल मुद्दामा बहस गर्नुस्', भन्दै रुलिङ नै गरेका थिए।  

कार्कीको योग्यता पुगेको छ?

गत भदौ ३१ मा सर्वोच्च अदालतले कार्कीको नियुक्ति सम्बन्धी मुद्दा पुनरावलोकन गर्न निस्सा प्रदान गरेको थियो। कार्कीको नियुक्ति सम्बन्धि मुद्दामा बिहीबार निवेदकको पक्षबाट बहस भएको थियो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको रुलिङपछि दुवै अधिवक्ता मूल विषयमा प्रवेश गर्दै कार्कीको योग्यता पुगेकै कारण उनी प्रमुख आयुक्तमा नियुक्त भएको दावी गरेका थिए। 

बस्नेतले पहिला राजप्रसाद सेवाबाट पनि कर्मचारी नियुक्त गर्ने गरिएको उल्लेख गर्दै कार्कीको सेवा अवधि २० वर्ष बढी हुने जिकिर गरेका थिए। त्यस्तै न्यौपानेले पनि निस्सा प्रदान गर्दा बेप्रसङ्गको नजिर देखाइएको दावी गर्दै मुद्दा निस्साबाट अगाडि बढ्न नहुने बताएका थिए। 

शुक्रबार कार्कीका पक्षबाट बहस भएपछि मुद्दा हेर्दाहेर्दैको अवस्थामा राखिएकाले पुस २१ गते पुनः कार्कीतर्फका वकिलहरुले बहस गर्नेछन्। 

लोकमान आफै अदालत जानु नपर्ने

अदालतले शुक्रबार कार्कीलाई वारेस राख्ने सुविधा समेत दिएको छ। कार्कीका वकिलहरुले अदालत परिसरमै कार्कीलाई कालोमोसो दलिएको प्रसङ्ग उठाएपछि अदालतको मानहानी सम्बन्धी मुद्दामा तारेखमा रहेका कार्कीलाई वारेस राख्न इजलासले अनुमति दिएको हो। 

मोसो दलेलगत्तै जारी विज्ञप्तिमा कार्कीले ‘मेरो जिउधन थप असुरक्षित रहेको र न्यायालय परिसरमा जान समेत सचेत हुन पर्ने ठानेको’ बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell