PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

किशुनजी आश्रममा केपी ओली : कांग्रेसतिर नरम,प्रचण्डविरुद्ध आक्रामक



रमेश वाग्ले

किशुनजी आश्रममा केपी ओली : कांग्रेसतिर नरम,प्रचण्डविरुद्ध आक्रामक

काठमाडौ : कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली सहभागी कार्यक्रममा तीन तहको निर्वाचन गर्न नसके सबै दल नालायक हुने बताएका छन् ।

पूर्वंप्रधानमन्त्री तथा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको ९३औं जन्मजयन्ति मनाउन भट्टराई आश्रम बाँडेगाँउ पुगेका देउवाले २०७४ साल माघ भित्र स्थानीय,प्रदेश र केन्द्रको निर्वाचन गर्न नसके सबैजना एकै पटक नालायक हुने बताएका हुन्।

'म ओलीजीलाई एउटा कुरा भन्न चाहन्छु,संबैधानिक संकट आउन नदिन र देशलाई संक्रमणबाट बाहिर निकाल्न तीनै तहका चुनाव सम्पन्न गरिसक्नुपर्छ,' उनले ओलीतिर हेर्दै भने,'त्यसो गर्न सकेनौ भने तपाई म वा अरु हैन हामी सबै नालायक हुने छौ।'

देउवाले यसो भनिरहँदा ओली मञ्चमा टाउको हल्लाईरहेका थिए। देउवा आउँदा ओलीको भाषण सकिइसकेको थियो। त्यसैले देउवाले आफ्नो भाषण शुरु गर्दा ओलीको भाषण सुन्न नपाएकोमा थकथकी ब्यक्त गरेका थिए।

देउवाले स्थानीय प्रादेशिक र राष्ट्रिय चुनाव गर्न नसके संबैधानिक संकटमा फस्ने र सधै संविधान संशोधन गरेर म्याद बढाइरहन पनि नमिल्ने बताए।

उनले ओलीलाई मधेसको भावना सम्झाउने प्रयत्न समेत गरे। 'संविधान संशोधन गरियो भने पहाडीयाबाट हामी सधै हेपियौ भन्ने मधेसीहरुको बहाना समाप्त हुन्छ,' उनले भने, 'त्यसो भयो भने निर्वाचनको वातावरण बन्छ र संक्रमणकालबाट बाहिर निस्कन सक्छौ।'

मधेसको भावनापछि उनी सिमांकनको आधारमा प्रवेश गरे।

'त्यतिवेला नेकपा एमालेको अध्यक्ष तपाई नै हुनुहुन्थ्यो, हाम्रो पार्टी नेपाली कांग्रेसको सभापति सुशील कोइराला हुनुहुन्थ्यो,' देउवाले भने, 'दुबैको सहिछापमा त्यो प्रस्ताव तयार भएको थियो, त्यही प्रस्तावलाई अहिले संविधान संशोधन र मधेस समस्याको समाधानको माध्यम बनाइएको मात्र हो।'

जवजव उनी अहिलेको समस्या समाधानमा गम्भिर हुन ओलीलाई आग्रह गर्थे उनी ओलीतिरै फर्किन्थे।

ओली कांग्रेसतिर नरम,प्रचण्डविरुद्ध आक्रामक



देउवा आउनु अगाडि सम्बोधन गर्दै ओलीले एमालेलाई देखाइदिन कांग्रेसले माओवादीलाई नाम्लो लगाएर बोकेको बताएका थिए।
उनले कांग्रेसले माओवादीलाई बोक्दा राजनीतिक समस्या बढेको विश्लेषण सुनाएका थिए।

'एमालेलाई देखाइदिन कांग्रेसले नाम्लो लगाएर प्रचण्डलाई बोक्यो,' ओलीले भने, 'परिणाम तपाईहरु देखिराख्नुभएको छ, देशमा हत्या-हिंसा बढिरहेको छ।'

उनले पहाडमा एक प्रकारको र तराईमा अर्कै प्रकारको द्वन्द्व बढिरहेको बताए।

ओलीले सम्बोधन गर्दा देउवाको प्रतिक्षामा रहेको प्रष्टै देखिन्थ्यो। भाषण लम्ब्याउन उनले धर्म इतिहांस र परम्पराका विषयमा प्रवेश गरेर समय लम्ब्याएका थिए। तै पनि देउवा कार्यक्रमस्थलमा आइपुगेनन्। अनी ओलीले कांग्रेसलाई भन्न मन लागेका विषय भनेर भाषण टुंग्याए ।

भाषणमा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रामक देखिएका थिए। 'प्रधानमन्त्री पदमा बसेर पनि यस्तो बोल्ने प्रधानमन्त्री मैले पहिले कहिलै देखेको थिएन,' ओलीले भने, 'तर पनि मैले हल्काफूल्का रुपमा नै यसलाई लिएको छु,किन भने के-केसम्म गर्नेले अहिले बोलेकै मात्र त हो नी।'

संविधान संशोधन विषयमा सिमांकन परिवर्तनको माग गर्नेलाई उनले आफ्नै शैलीमा ठट्यौली गरे।

'पाँच नम्बर प्रदेशको पहाड र तराई छुट्याउनै पर्छ भनेर सर्लाही र महोत्तरिकाले माग गर्ने,' उनले भने, 'त्यहाँ छोरी दिएको रहेछ कि भनेर बुझेको छैन, ससुराली पो होकी भनेको त्यो पनि हैन।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell