
काठमाडौं : विभागिय क्लबहरु नेपाल पुलिस र शसस्त्र प्रहरी बलको एपीएफ सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार दुहबी रंगशालमा भएको पहिलो सेमिफाइनलमा पुलिसले मध्यमाञ्चललाई ५-० को अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। पुलिसको जितमा निरु खड्काले ह्याट्रिक गरिन् भने निर्मला उपाध्यायले दुई गोल गरिन्।
यता विभागिय भिडन्तमा एपीएफले नेपाल आर्मीलाई ३-० ले पराजित गर्यो। एपीएफको जितमा रेखा पौडेल, अनिता केसी र रन्जना दर्जीले १/१ गोल गरे।