PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

प्रधानसेनापतिले भने : पेशेवर ढङ्गले काम गर



पहिलोपोस्ट

प्रधानसेनापतिले भने : पेशेवर ढङ्गले काम गर

काठमाडौँ :पूर्वी पृतनाका युनिटको निरीक्षण  गर्ने संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज पुगेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले पेशेवर ‘ढङग’ले काम गर्न निर्देशन दिएका छन् ।

निकुञ्जको सुरक्षामा खटिएका सैनिक कर्मचारीलाई सम्बोधन गर्दै उनले उच्च मनोबलका साथ अनुशासित, र संयमित भएर काम गर्न निर्देशन दिएका हुन् । 

क्षत्री शुक्रबार विराटनगर रङ्गशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी भएका थिए।

शनिवार पाँचथरको फिदिमस्थित भैरवीदल गण र भोजपुर जिल्लास्थित रणबम गणको निरीक्षण गरेर उनी काठमाडौं फर्कने जंगी अड्डाले जानकारी दिएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell