PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

सातौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एपीएफको फराकिलो जित, आर्मीसँग हार्‌यो साविक विजेता सुदूरपश्चिम



पहिलोपोस्ट

सातौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एपीएफको फराकिलो जित, आर्मीसँग हार्‌यो साविक विजेता सुदूरपश्चिम

इटहरी : सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागिय क्लब शसस्त्र प्रहरी बलको एपीएफ र नेपाल आर्मीले विजयी सुरुवात गरेका छन्।

धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा आज भएको समूह बी को खेलमा एपीएफले मध्यमाञ्चललाई ८-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

एकतर्फी भएको खेलमा एपीएफलाई जिताउन युवराज खड्का एक्लैले ४ गोल गरे। यस्तै रन्जन विष्ट, श्याम नेपाली र राजेन्द्र रावलले समान १ गोल गरे भने मध्यमाञ्चलका चेतन थारुले एक आत्मघाती गोल उपहार दिए।

यसैगरी सोही मैदानमा भएको दोस्रो खेलमा आर्मीले छैटौ खेलकुदको विजेता सुदूरपश्चिमाञ्चल टोलीलाई १–० गोलले स्तब्ध पारेको छ। आर्मीलाई जित दिलाउन एक मात्र निर्णायक गोल सुमन अर्यालले गरे। खेलको सातौँ मिनेटमै उनले हेडमार्फत गरेको गोल निर्णायक बन्यो।

प्रतियोगिताअन्तर्गत शनिबार समूह ‘क’ का दुई खेल हुनेछन्। पहिलो खेलमा नेपाल प्रहरी र पश्चिमाञ्चल  तथा दोस्रो खेलमा मध्यमाञ्चल र पूर्वाञ्चलले प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell