PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

लिबिया विमान अपहरणका सबै यात्रु मुक्त



पहिलोपोस्ट

लिबिया विमान अपहरणका सबै यात्रु मुक्त

लिबियाबाट त्रिपोलीका लागी उडेको विमान अपहरणगरी माल्टाको राजधानी बलेत्ता पूर्याइएको विमानका सबै यात्रु मुक्त भएका छन्
लिबियाको अफ्रिकिया एयरवेजको ए ३२० विमानलाई शुक्रबार अपहरण गरिएको थियो।

माल्टाका प्रधानमन्त्रीले ११८ जना चढेको विमान अपहरणमा परेको पुष्टि पहिलो पटक गरेका थिए।  सेबाहवाट त्रिपोलीका लागी उडेको विमानलाई आकाशवाटै मोड्न लगाएर माल्टा लगिएको थियो।


माल्टाका प्रधानमन्त्री जोसफ मस्कटले टुइट मार्फत अपहरणकारीले विमानमा रहेका यात्रु र विमानका कर्मचारीलाई मुक्त गरेको जानकारी दिएका हुन्।

अपहरणमा २ जना संलग्न रहेको र उनीहरुले आत्मसमर्पण गरेको बताइएको छ। अपहरणकारी लिबियाका पूर्व तानाशाह गद्दाफी समर्थक रहेको बताइएको छ। उनीहरुले विमान इटली लैजान खोजेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell