PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

सातौं राष्ट्रिय खेलकुद : खोखोमा आर्मीको दुवै टिमको दोहोरो जित



पहिलोपोस्ट

सातौं राष्ट्रिय खेलकुद : खोखोमा आर्मीको दुवै टिमको दोहोरो जित

नेपाल आर्मी क्लबले पुरुष र महिला दुवै टिमले सातौं राष्ट्रिय खेलकुद २०७३ अन्र्तगतको खोखोमा पहिलो दिन दोहोरो जित हात पारेको छन्।
मोरङ्गको इनरवामा भएको पुरुषको खेलमा आर्मीले पश्चिमाञ्चललाई १९–३ र पूर्वाञ्चललाई १३–५ले पराजित गर्न सफल भयो।

यस्तै महिलातर्फ पनि आर्मीले दोहोरो जित आत्मसाथ गर्‌यो। महिला तर्फको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–७ र पूर्वाञ्चललाई ५–२ ले पराजित गरेको हो।

पुरुषतर्फकै अन्य खेलमा सुदूरपश्चिम र मध्यमाञ्चलले पनि दोहोरो जित हात पारेका छन्। सुदूरपश्चिमले पूर्वाञ्चललाई ११–९ र मध्यपश्चिमलाई १३–९ ले हराउँदा मध्यमाञ्चलले मध्यपश्चिमलाई २२–१६ र पश्चिमाञ्चललाई १५–९ ले पराजित गर्यो।

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको दिन महिला तर्फ मध्यपश्चिमले पनि दोहोरो जित हात पारेको छ। मध्यपश्चिमले मध्यमाञ्चललाई ११–१० र सुदूरपश्चिमलाई १५–१३ ले पराजित गर्न सफल भएको हो। अन्य खेलमा सुदूरपश्चिमले पूर्वाञ्चललाई ९–५ ले तथा मध्यमाञ्चलले पश्चिमाञ्चललाई १३–१० ले पराजित गरे।

पाँच विकास क्षेत्र र एक मात्र विभागिय टिम टोलीको गरी कुल ६ टिमको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाईनेछ। 
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिम सेमिफाइनलको लागि योग्य हुने आयोजकले जनाएका छन्। प्रतियोगिताको फाइनल पौष ११ गते हुनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell