PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

सातौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफ र पूर्वाञ्चलको जित



पहिलोपोस्ट

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पहिलो दिन महिला क्रिकेटमा एपीएफ र  पूर्वाञ्चल विजयी भएका छन्।

पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई ६१ रनले पराजित गर्‌यो। टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय १५ रन बनाएको थियो। जसमा सरीता मगर र विनु बुढा मगरले ३३ रनको योगदान गरे। मध्यपश्चिमाञ्चलकी अस्मीना कर्माचार्य र राजी पहाडीले १/१ विकेट लिए।

१ सय १६ रनको विजय लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गुमाई ५४ रनमात्र जोड्न सक्यो। मध्यमाञ्चलका कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक छुन सकेनन्। एपीएफका सोनु खड्काले ३ तथा करुणा भन्डारीले २ विकेट लिए।

दोस्रो खेलमा पूर्वाञ्चलले पश्मिाञ्चललाई ५० रनले हरायो। टस जितेर ब्याटिङ गरेको पूवाञ्चलले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १ सय ४ रनको योगफल तयार गरेको थियो। जसमा रमा थापाले ५७ र रश्मिा शर्माले २० रनको योगदान दिए। पश्मिाञ्चलकी वर्षा रानाले २ विकेट लिएकी थिइन्।
जवाफमा पश्मिाञ्चलले १५ ओभरमा सवै विकेट गुमाई ५४ रनमात्र बनाउन सक्यो। पूर्वाञ्चलकी संगीता राई ३ र कविता गौतमले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell