PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

ज्ञानेन्द्रको आह्वानपछि समर्थक उत्रिए सडकमा, हेर्नुस् १२ फोटो



पहिलोपोस्ट

ज्ञानेन्द्रको आह्वानपछि समर्थक उत्रिए सडकमा, हेर्नुस् १२ फोटो

काठमाडौँ : गद्दीच्युत राजा ज्ञानेन्द्र शाहले समय भड्किसकेपछि पश्चातापले कुनै अर्थ राख्दैन भन्दै  बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलन गर्न आह्वान गरेपछि उनका समर्थकहरु राजधानीमा सडकमा उत्रिएका छन्। 

शाही युवा शक्ति नेपाल नामको सं‌स्थाले आज नारायणहिटी दरबार अगाडि भेला भई मोटरसाइकल र्‍याली निकालेका छन्। यो संस्थाले राजसंस्था पुनर्बहालीको माग राख्दै गत वैशाख ३० गते उपत्यका बन्द आह्वान गरे पनि असफल भएको थियो।

आयोजकका अनुसार र्‍याली शहिदगेट, न्युरोड शालिक घुमेर. रत्नपार्कमा आएर स्वागत-सभामा परिणत हुनेछ। र्‍यालीमा सहभागीले ज्ञानेन्द्रको समर्थनमा नारा लगाएका थिए। 

ज्ञानेन्द्रले बुधबार वक्तव्य जारी गर्दै बाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी गराएको तर स्थायी सत्ता र लौकिक सत्ता क्रमश धुमिल पारिएको, क्रान्तिकारी, परिर्वतनकारी, बलिदानी आदि शब्दको भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अशोभनीय मात्र नभई असैह्य पनि बनिरहेको बताएका थिए।

हेर्नुस् समर्थ रञ्जितले खिचेका फोटो-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell