PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

संविधान संशोधन प्रस्ताव विरोधी आन्दोलनको संयोजक कांग्रेस सा‌ंसद



पहिलोपोस्ट

संविधान संशोधन प्रस्ताव विरोधी आन्दोलनको संयोजक कांग्रेस सा‌ंसद

रोल्पा : केन्द्रमा नेपाली कांग्रेसको समर्थनमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता छ । पार्टी सभापती शेरबहादुर देउवा संशोधनको पक्षमा समर्थन खोज्न सक्रिय छन् ।

उता सोही दलका सांसद ५ नम्बर प्रदेशबाट रोल्पा टुक्राउन नहुने भन्दै आन्दोलनको नेतृत्व गरिरहेका छन् । मङ्सिर ७ गतेदेखि शुरु भएको चरणबद्ध आन्दोलनको नेतृत्व कांग्रेस सांसद अमरसिं पुनले गरिरहेका छन् । उनको नेतृत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको छ । 

सोही समितिले शुक्रबार पाँच नम्बर प्रदेशबाट रोल्पालाई नटुक्र्याउन आग्रह गर्दै जिल्लाका गाविस र नगरपालिकामा प्रदर्शन गरेको थियो । पुनका अनुसार शुक्रबार ४९ गाविस र एक नगरपालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको थियो । 
राससको सहयोगमा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell