
- गीता पांडे/बीबीसी हिन्दी
त्यो विवाहबारे भारतभरी चर्चा थियो। विवाहसँगै चर्चामा थिए बेहुलीका बाबु व्यवसायी तथा पूर्वमन्त्री जर्नादन रेड्डी।
सरकारले कालो धन नियन्त्रणका लागि ५ सय र एक हजारका पुरानो नोट रद्द गर्यो। सूचना प्रविधिसम्बन्धी कम्पनीमा काम गर्ने रुमाको अनुभवमा उनी अधिकांश आइतबार २ हजार रुपैंयाका लागि उनी बैंग्लोरको एटीएमको लाइनमा हुन्थिन्।
.jpg)
रुमाले भनिन् ‘एटीएमको लाइनमा बसेकाहरुको मुखमा त्यही विवाहको चर्चा थियो। हामीले भिडियोमा विवाहको निमन्त्रणा कार्ड देखेका थियौं।
सामाजिक सञ्जालमा विवाहको तयारी पनि देखेका थियौं। यी सबै हामीले त्यो बेला देखेका थियौं जब हामी जम्मा २ हजारका लागी दिनभर लाइनमा बस्नुपरेको थियो। हामी सबै हैरान थियौं कि आखिर जर्नादन रेड्डीले छोरीको विवाहमा खर्च गर्नका लागि त्यत्रो पैसा कहाँबाट पाए।’
यस्तो विवाह नोटमा प्रतिबन्ध नलागेको बेलामा पनि नराम्रो देखिन्छ । नोटमा प्रतिबन्ध लागेको बेलामा यसरी पैसा उडाउनु गलत थियो।
५ अर्बको विवाह
यो भारतको सबैभन्दा महंगो विवाह थियो । प्रारम्भिक अनुमान अनुसार यो विवाहमा पांच अर्ब रुपैया खर्च भएको थियो । विवाहको एक हप्तापछि खर्च भएको रकम संशोधन भयो।पांच दिनसम्म चलेको यो विवाह समारोहमा सामान्य कार्यक्रम थिएन। यसमा सुनको निमन्त्रणा पत्र दिइएको चर्चा छ । ५० हजार जनालाई विवाहको निम्ता दिइएको थियो। ब्राजिलबाट साम्बा डान्सर बोलाइएको थियो।
.jpg)
यो असाधारण विवाहमा खर्च गर्ने ब्यक्तिको नाम थियो जर्नादन रेड्डी। दक्षिण भारतको खानीको एकल राजा अनि कर्नाटकको पूर्व पर्यटनमन्त्री ।
रेड्डी भ्रष्टाचारको आरोपका कारण तीन वर्ष जेलमा परिसकेका ब्यक्ति हुन्। पछिल्लो वर्ष उनी धरौटीमा मुक्त भएका थिए।
अहिलेसम्म उनी कुनै अभियोगमा पनि दोषी प्रमाणित समेत भएका छैनन्। रेड्डी आफूमाथि लागेको आरोप खारेज समेत गर्छन्।
विवाहपछि छापा
खर्चिलो विवाहको चर्चा फैलिएसँगै आयकर विभागका अधिकारीले रेड्डीको बेललारीमा रहेको खानी कम्पनीमा रेड हानेको थियो । बेल्लारी बेग्लोरबाट तीन सय किलोमीटरको दुरीमा रहेको छ। सरकारी अधिकारीले यो विचमा रेड्डीको अन्य स्थानमा रहेको कार्यालयमा समेत छापा मार्यो ।रेड्डीसँग विवाहमा भएको खर्चको विस्तृत जानकारी मागियो ।
रेड्डीले विवाहको खर्चका लागि बैंग्लोर र सिंगापुरमा रहेको आफ्नो सम्पत्ती धरौटीमा राखेको बताए । सम्पत्ति धरौटीमा राखे वापत विवाहको तयारी शुरु गर्नु ६ महिना अगाडिनै आफुले पैसा पाएको समेत उनले दावी गरेका थिए ।
.jpg)
रेड्डीको यो तर्कबाट अधिकांश कर्नाटकवासी सहमत छैनन् । राजनीतिक एक्टिभिस्ट एसआर हिरेमठ विवाहमा बेइमानी गरी संकलन गरेको पैसा पानी जसरी बगाएको बताउँछन् ।
उनले सुप्रिम कोर्टमा रेड्डी विरुद्ध मुद्धा समेत दर्ता गरेका छन् । यो विषयमा सत्य सूर्य र चन्द्रमा रहनु जत्तिकै रहेको उनको विश्वास छ ।
उनले भनेका छन् कि यो विवाहमा धनको लज्जाजनक प्रर्दशन गरिएको छ । जव सर्वसाधारण २—४ हजारका लागी घन्टौं लाइनमा बसेका थिए त्यो बेला देखाइएको धनको तुजुक लज्जाजनक रहेको उनले बताए । उनले विवाहमा २ देखी ५ अर्बसम्म खर्च भएको दावी समेत गरे ।
प्रहरी हवल्दारको विरासत
प्रहरी हवल्दारको छोरा जर्नादन रेड्डीको कुवेर बन्न पार गरेको बाटो र गति निक्कै तिब्र छ । उनी अहिलेको मितिमा कर्नाटकको सैभन्दा धनी ब्यक्ति हुन् ।.jpg)
उनको साथमा जति सम्पत्ति छ उत्तिनै विवाद पनि । सुप्रिम कोर्टका अवकासप्राप्त न्यायधीश सन्तोष हेगडे कर्नाटकको लोकायुक्त समेत बनिसकेका अधिकरी हुन् । हेगडेले नै सन् २००७ मा अबैध खानीको बारेमा जाँच गरेका थिए । जसमा रेड्डीले आफ्नो शक्तिको दुरुपयोग गरेको खुलेको थियो ।
सन् २०११ मा हेगडेले खानीबारे अध्ययन गरेर बुझाएको प्रतिवेदनमा रेड्डीले कर्नाटकमा उच्च गुणस्तरको फलामको कच्चा पदार्थ अबैध रुपमा निकालेर चीनलाई ६ हजार ५ सय देखी ७ हजार रुपैंया प्रति टनमा विक्रि गरेका थिए । राज्यलाई भने जम्मा २७ रुपैंया राजश्व बुझाएको उनको प्रतिवेदनमा उल्लेख छ ।
जाँच रिर्पोटको अनुमान अनुसार अबैध खानीका कारण राज्यलाई १ सय ६१ अर्बको राजश्व घाटा भएको छ । न्यायधीश हेगडेका अनुसार उनको साथमा बैंग्लोरमा ठुलो संख्यामा घर र अर्पाटमेन्ट छ । यो संगै उसको साथमा अफसोर खाता समेत छ ।
कर्नाटकमा जन्मिएका रेड्डी कलेजको पढाइबाट टाढै बसे । सन् ९० को दशकमा उनले चिटफन्ड व्यवसाय शुरु गरेका थिए । त्यसमा उनी असफल भएपछी खानी व्यापारमा हात हालेका थिए ।
पहिलो पटक सन् १९९९ मा जर्नादन रेड्डी आम निर्वाचनमा चर्चामा आए । त्यो बेला उनले बेल्लारीबाट वर्तमान परराष्ट्रमन्त्री सुषमा स्वराजको पक्षमा चुनाव प्रचार गरेका थिए ।
हेगडेका अनुसार रेड्डीले आफ्नो भाई जी करुणाकर रेड्डी र जी सोशेखर रेड्डीको साथ मिलेर बेल्लारीलाई निजी सम्पत्तिको रुपमा चलाएका थिए ।
जव खानी विवाद सार्वजनिक भयो त्यो बेला ३ भाइमध्ये २ जना राज्य सरकारका मन्त्री थिए । उनको राज देखेर हेगडेले आफ्नो प्रतिवेदनको एक भागको नाम नै मिस्टर रेड्डी टु रिपब्लिक आफ बेल्लारी राखेका थिए । हेगडेका अनुसार बेल्लारीमा कुनै कानुनले काम गरेको थिएन ।
हेगडेले आफ्नो रिर्पोटमा उल्लेख गरे अनुसार रेड्डीले अबैध खानीका लागि राज्यको सिमा तहसनहस बनाएका थिए । रेड्डीले प्राचिन मन्दिरलाई समेत ध्वस्त बनाए ।
न्यायधीश हेगडेको रिर्पोटकै आधारमा सन् २०११ सेप्टेम्बरमा रेड्डी पक्राउ परे । रेड्डीले धरौटी निकाल्न भरमग्दुर प्रयास गरे । उनले धरौटीमा जेल बाहिर निस्कन न्यायधीशलाई घुस समेत दिने प्रयास गरेको भनिन्छ । यो विषयमा पैसा जफत भयो र तीन जना न्यायधीश पक्राउ परे । यसलाई क्यास फर बेल स्क्याम भनिन्छ ।
गत वर्ष रेड्डीलाई सुप्रिम कोर्टले धरौटी दियो । उनलाई बेल्लारीभन्दा बाहिर बस्ने आदेश दिइएको छ । छोरीको विवाहमा भने बेल्लारी जाने अनुमती दिइएको थियो ।
चर्चामा रेड्डी
.jpg)
यो खर्चिलो विवाहका कारण रेड्डी फेरी चर्चामा आए । यो संगै अन्य स्क्यान्डल पनि सार्वजनिक भए । यो महिनाको प्रारम्भमा बैंग्लोरमा कुटनीतिज्ञको चालक रमेश गौडाले आत्महत्या गरे ।
उनले आफ्नो सुसाइड नोटमा मृत्युका लागी रेड्डीलाई जिम्मेवार बनाएका थिए । गौडाले आरोप लगाएका थिए उनलाई हत्याको धम्की आएको थियो। किनकी उनीसँग रेड्डीले एक अर्ब कालो धन विवाहमा खर्च गरेकोबारे महत्वपूर्ण सूचना थियो ।
रेड्डी भने यी सबै आरोपमा मौन छन्।